― Advertisement ―

HomeLatest newsनेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का



५ माघ, काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।

एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा भएको छ ।

गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।

चुनावको हटस्पट मानिएको झापामा बसुन्धरा खड्कालाई लगिएको छ । उनी बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा थिइन् ।

नेपाल प्रहरीले ८ जना डीआईजीको पनि सरुवा गरेको छ ।

हेर्नुहोस् एसपीको सरुवा सूची

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More