― Advertisement ―

Amazon ले चुपचाप आफ्नो सबैभन्दा लोकप्रिय प्राइम डे डिलहरू जारी गरेको छ – फायर टिभी, ब्लिंक क्यामेरा, किन्डल, रिङ डोरबेल, इको स्पिकर र थपमा...

जबकि Amazon को वार्षिक प्राइम डे सेल प्राविधिक रूपमा यो मंगलबारसम्म सुरु हुँदैन, खुद्रा विक्रेताले चुपचाप आफ्नो लोकप्रिय mart होम डिभाइसको आधिकारिक लाइनअपहरू जारी...
HomeLatest newsनेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा जोशी – KhabarHost

नेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा जोशी – KhabarHost



६ पुस,बुटवल । नेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा मनिष कुमार जोशी निर्वाचित भएका छन् ।

समाजको आठौं अधिवेशनले भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा डा.ऋषिराम शर्मा, उपाध्यक्षम खिमबहादुर खत्री, महासचिवमा जनकराज पन्त, कोषाध्यक्षमा केशव शर्मा, सचिवमा दीपक गलामी मगर र सह–कोषाध्यक्षमा अच्युतराज गौतम निर्वाचित भएका निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।

त्यस्तै कार्यसमिति सदस्यमा इन्द्रबहादुर थापा, सानु सापकोटा, नारायणप्रसाद भण्डारी, कुलमणि ज्ञवाली, गोविन्द प्रसाद रेग्मी र गंगा भुसाल निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसँग नेपालीको जनस्तरमा सम्बन्ध विस्तार, नेपालमा चिनिया लगानी र पर्यटक भित्र्याउन र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि २०५९ सालमा समाजको स्थापना भएको बताए ।

नवनिर्वाचित अध्यक्ष जोशीले चिनिया दूतावाससँग सहकार्य गरेर लुम्बिनीमा चिनिया पर्यटक बुद्धजन्मस्थल लुम्बिनीका उल्लेख्य संख्यामा भित्राउन गौतमबुद्ध विमानस्थलमा चीनबाट सिधा हवाई सेवा सुरु गर्न ठोस पहल गर्ने बताए ।  चीनमा करोडौं बौद्धमार्गी भए पनि सरकारी निकायबाट उचित पहल नहुँदा लुम्बिनी आउने चिनिया पर्यटकको संख्या नगण्य रहेको जोशीले औंल्याए ।





Read More