― Advertisement ―

तपाईंको IT हेल्पडेस्कले LinkedIn डाटा प्रयोग गरेर तपाईंको मालिक भएको बहाना गर्ने मानिसहरूबाट अनौठो कलहरू प्राप्त गरिरहेको छ।

अहिले नै आक्रमणकारीलाई मद्दत गर्नका लागि फोन पठाउन मद्दत गर्नुहोस्। नेटवर्कहरूइमपोस्टरहरूले MFA सेटिङहरू रिसेट गर्न समर्थन टोलीहरूलाई हेरफेर गर्न कार्यकारीको रूपमा प्रस्तुत गर्छन्LinkedIn बाट...
HomeLatest newsनिर्वाचन आयोगको निर्णयले तत्काल पार्ने ३ असर – KhabarHost

निर्वाचन आयोगको निर्णयले तत्काल पार्ने ३ असर – KhabarHost



३ माघ, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार राति नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेसँगै गगन-विश्व समूह नेपाली कांग्रेसको आधिकारिक पक्ष बनेको छ । एक आयुक्तको फरक मतका बाबजुद आयोगले बहुमतबाट नेपाली कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त सगुनशम्सेर जबरा थिए । तर, पुरानै अभिलेख कायम हुनुपर्ने भन्दै आयुक्त डा. जानकी तुलाधरले फरक राय लेखेकी थिइन् ।

निर्वाचन आयोगले भृकुटीमण्डपको विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको विधानसम्मत महाधिवेशन भनेको छ । ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले डाकेपछि त्यो महाधीवेशन बाध्यकारी हुने भन्दै निर्वाचन आयोगले कांग्रेसको सर्वोच्च निकायबाट निर्णय भएको विवरणलाई अद्यावधिक गर्ने निर्णय लिएको हो ।

विधानमा भएको व्यवस्थाको अवधि अर्थात तीन महिनाभित्र नै विशेष महाधिवेशन डाकिएको भन्दै आयोगले देउवा पक्षले पेस गरेको कागजातमाथि समेत सम्बोधन गरेको छ । देउवा समूहले करिव आठ सय प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको दाबी गरेका थिए ।

महाधिवेशनमा हस्ताक्षरसहित सहभागी भएर निर्णय प्रक्रियामा संंलग्न भइसकेपछि फिर्ता गर्ने निवेदनले मान्यता नपाउने निष्कर्ष निकालेको हो । तर, निर्वाचन आयोगले आधिकारिक रुपमा निर्णयको विवरण सार्वजनिक गरिसकेको छैन ।

देउवा पक्ष अदालतमा

निर्वाचन आयोगको उक्त निर्णयमा असन्तुष्ट देउवा समूह सर्वोच्च अदालत जाने निश्चित भएको छ । निर्णय हुनुअघि नै सडक आन्दोलनको चेतावनी दिएका कांग्रेस देउवा समूहका नेता पूर्णबहादुर खड्काले अदालत जाने चेतावनी दिएका थिए ।

सम्भवत: आयोगको निर्णयको प्रमाणित प्रति पाएपछि देउवा समूह त्यो निर्णय खारेज गरी आफूहरुलाई मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालत जानेछन् ।

मनोनयन र सुनुवाइ एकैसाथ

निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाएको देउवा समूह छिटोमा आइतबारसम्म सर्वोच्च अदालत पुग्नसक्ने देखिन्छ । शनिबार सार्वजनिक बिदा भएकाले उनीहरुले आइतबार मात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने सम्भवना रहन्छ ।

तर, फेरि सोमबार अर्को सार्वजनिक बिदा परेकाले मंगलबार मात्रै देउवा पक्षको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने देखिन्छ । ६ माघ अर्थात आगामी मंगलबार देशभर प्रत्यक्षतर्फको मनोनयनको दिन समेत हो । त्यो दिन बिहान १० बजेदेखि नै उम्मेद्वारहरुको मनोनयन सुरु हुनेछ ।

देउवा पक्षले पेस गरेको रिटनिवेदन छिटोछरितो रुपमा अघि बढेमा मंगलबार विहान ११ बजेदेखि सुनुवाई हुनसक्ने देखिन्छ । सम्भव: मनोनयन र देउवा पक्षको रिट निवेदनको सुनुवाई एकसाथ अघि बढ्ने सम्भावना पनि छ ।

तालिका सार्ने वा स्वतन्त्र उम्मेद्वारी ?

यसअघि नै समानूपातिकतर्फको मतपत्र छाप्न शुरु गरिसकेको निर्वाचन आयोगले आफ्नै निर्णयबाट देउवा समूहलाई दल दर्ता गर्न समय दिएर निर्वाचनको कार्यतालिका प्रभावित पार्ने सम्भावना देखिंदैन ।

अहिलेको अवस्थामा अदालतबाट आदेश आएमा मात्रै निर्वाचन आयोगलाई त्यो अवस्था बाध्यकारी बन्छ । बधिकारिकताको निर्णयपछि कांग्रेस सभापति गगन थापाले देउवा समूहलाई पनि एकवद्ध भएर आउन आह्वान गरेका थिए ।

अहिलेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने देउवा पक्षका नेताहरुलाई ‘स्वतन्त्र उम्मेद्वारी’ मात्रै विकल्प हो । निर्वाचन तालिका नसर्ने अनि स्वतन्त्र उम्मेद्वारी दिने अवस्था बनेन भने कांग्रेसबाट टिकट नपाउने देउवा पक्षका नेताहरु यो पटक प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More