― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
Homeविजनेस‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा उच्च अदालतको रोक

‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा उच्च अदालतको रोक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पाटन उच्च अदालतले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ।
  • अदालतले पहिलेको आदेश बेवास्ता गर्दै केवाईसी गाडी नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा पुनः आयात गरिएको पाइएको छ।
  • इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि र एम्बर मोटर्स प्रालिका सञ्चालकहरूले अदालतको आदेश उल्लंघन गरी गाडी आयात गरेको खुलाइएको छ।

१२ कात्तिक, काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नू’ अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ ।

यो निर्णयसँगै, नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीलाई केवाईसी गाडी आयात नगर्न आदेश दिएको थियो ।

तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाईसी गाडीको नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । यो विवादमा ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो ।

दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए ।

भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको छ। यसरी कानुनी आदेशको उल्लंघन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने अवस्था देखिएको थियो ।

केवाईसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More