― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsनिजी विद्यालय सञ्चालकले भने- भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं

निजी विद्यालय सञ्चालकले भने- भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं



६ पुस, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भोलि हुने भनिएको शैक्षिक हड्तालमा विद्यालय बन्द नगर्ने बताएका छन् ।

जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको थियो । त्यसबारे प्याब्सन र एनप्याब्सनले आइतबार साँझ छलफल पनि गरेका थिए ।

तर, उनीहरूले विद्यालय बन्द वा खुल्नेबारे केही औपचारिक निर्णय भने गरेका छैनन् । विद्यालय खोल्ने वा बन्द गर्नेबारे सम्बन्धित विद्यालयले नै निर्णय गर्ने प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले बताए ।

‘विद्यालय शान्ती क्षेत्र हो । हामीले बन्द गर्ने कुनै निर्णय गरेका छैनौं,’ अधिकारीले भने ।

तर कतिपय विद्यालयले भने भोलि बन्द हुने सूचना अभिभावकलाई पठाएका छन् ।

उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ ।

भोलि हुने भनिएको शैक्षिक हड्ताल उपत्यकाव्यापी हुने बताइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More