राष्ट्रिय
समाचार.
- डेभिड नेरेसको दुई गोल मद्दतमा नापोलीले साउदी अरेबियाको रियाधमा बोलोग्नालाई २-० ले हराउँदै इटालियन सुपर कप जितेको छ।
- नापोलीका मातेओ पोलितानोले भने, ‘हामी इटालीका च्याम्पियन भएर आएका थियौं। यो ट्रफी जित्ने लक्ष्य थियो र राम्रो प्रदर्शन गर्यौं।’
- यो नापोलीको तेस्रो सुपर कप उपाधि हो र प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।
८ पुस, काठमाडौं । डेभिड नेरेसको दुई गोल मद्दतमा इटालियन सिरी ए च्याम्पियन नापोलीले बोलोग्नालाई हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ।
साउदी अरेबियाको रियाधमा भएको फाइनल खेलमा नापोली २-० ले विजयी भएको हो ।
ब्राजिलियन विंगर नेरेसले ३९औं मिनेटमा पहिलो गोल । दोस्रो हाफको ५७औं मिनेटमा नेरेसले अर्को गोल थपे।
जितपछि नापोलीका खेलाडी मातेओ पोलितानोले भने, ‘हामी इटालीका च्याम्पियन भएर आएका थियौं। यो ट्रफी जित्ने लक्ष्य थियो र राम्रो प्रदर्शन गर्यौं।’
यो नापोलीको तेस्रो सुपर कप उपाधि हो। नेरेसले यस प्रतियोगितामा कुल तीन गोल गरे, जसमा एसी मिलानविरुद्धको सेमिफाइनलको एक गोल पनि समावेश छ।
पहिले यो प्रतियोगिता लिग र कप विजेताबीच मात्र हुन्थ्यो। तर २०२३ देखि चार टोली सहभागी हुने व्यवस्था गरिएको छ। यो प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

