राष्ट्रिय
समाचार.
- नागरिक लगानी कोषले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर समावेश छ।
- कम्पनीले आगामी साधारणसभाबाट पारित भएपश्चात लाभांश प्रदान गरिने जनाएको छ।
- गत वर्ष कम्पनीले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो र हाल चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ।
७ पुस, काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । आगामी साधारणसभाबाट पारित भएपश्चात उक्त लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
गत वर्ष कम्पनीले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर दिएको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३७ रुपैयाँ छ ।
२० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयर रहेको कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ ।
संस्थापक सेयरमा २३.३४ प्रतिशत सरकारको, १० प्रतिशत स्टक एक्स्चेन्जको, ३१.५५ प्रतिशत राष्ट्रिय बीमा संस्थानको र १५.११ प्रतिशत बैंक तथा वित्तीय संस्थाको हिस्सा छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी बढ्नेछ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

