राष्ट्रिय
समाचार.
- जेनजी आन्दोलनपछि अवरुद्ध लाइसेन्स सम्बन्धी सेवा आंशिक रूपमा सुरु भएका छन् र नागरिक एपमा ड्राइभिङ लाइसेन्स देखिन थालेको छ।
- यातायात व्यवस्था विभागले आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको र लाइसेन्स नवीकरण तथा भेरिफिकेसन सेवा सुचारू भएको जनाएको छ।
- काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा आंशिक रूपमा सुचारू भएको र अन्य कार्यालयमा प्रणाली परीक्षण भइरहेको विभागले बताएको छ।
१८ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि अवरुद्ध भएको लाइसेन्स सम्बन्धी सेवाहरू आंशिक रुपमा सुरु भएका छन् । यसै क्रममा नागरिक एपमा समेत ड्राइभिङ लाइसेन्स देखिन थालेको छ । आन्दोलनपछि नागरिक एपमा समेत लाइसेन्स देखिएको थिएन । यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्न थालेसँगै सो सेवा समेत सुरु भएको हो ।
विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारू भएको विभागले जनाएको छ ।
अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारू भएको छ ।
अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ ।
ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने विभागको भनाइ छ । विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध गरेको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

