― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
HomeLatest newsनाइजेरियामा सेना र विद्रोहीबीच भिडन्त हुँदा २१ जनाको मृत्यु

नाइजेरियामा सेना र विद्रोहीबीच भिडन्त हुँदा २१ जनाको मृत्यु


राष्ट्रिय

समाचार.

  • नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा सशस्त्र सेना र आतङ्कवादीबीच गोलीबारीमा १९ आतङ्कवादी र दुई सैनिकको मृत्यु भएको छ।
  • कानो राज्यमा भएको अपरेसनमा दुई सैनिक र एक स्थानीय गार्डको पनि मृत्यु भएको नाइजेरियाली सेनाले जनाएको छ।
  • सन् २००९ देखि विद्रोहरत सशस्त्र समूहका कारण करिब ४० हजार मानिसको मृत्यु र २० लाख विस्थापन भएका छन्।

१९ कात्तिक, नाइजेरिया । उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबीच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ ।

नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दैे जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक जना स्थानीय गार्डको पनि मृत्यु भएकोसमेत उल्लेख गरेको छ ।

उत्तरी नाइजेरियामा बढ्दो असुरक्षा कम गर्ने सैन्य अभियानको एक हिस्साको रूपमा यो अपरेसन आएको विज्ञप्तिमा भनिएको छ । धेरै सैनिक र संयुक्त फोर्सका सदस्यहरूलाई सामान्य चोट लागेको र उपचारका अस्तपाल लगिएको जनाइएको छ ।

नाइजेरियाका उत्तरपूर्वी राज्यहरूमा सन् २००९ मा विद्रोह सुरु गरेका सशस्त्र समूहहरूले पटक–पटक आक्रमण गर्दा करिब ४० हजार मानिसहरुको मृत्यु हुनुका साथै करिब २० लाख नाइजेरियालीहरू विस्थापित भएका छन् ।





Read More