काठमाडौं, १४ जेठ
प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संघीय संसद् सचिवालयमा सभामुख डोलप्रसाद अर्यालले सपथ ग्रहण गराएका हुन्।
सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अधिकारीलाई पदमा नियुक्त गरेका हुन् । उहाँले सोही दिन पदभार ग्रहण गर्नुभयो।

