― Advertisement ―

के गेमिङ चलचित्र भन्दा राम्रो मूल्य हो? नयाँ अध्ययनले यूएस गेमरहरूले यो उनीहरूको नगदको राम्रो प्रयोग हो भन्ने सोच्दछ

एउटा नयाँ अमेरिकी मनोरञ्जन एसोसिएसनले धेरैजसो मनोरञ्जन पाएको छ। मनोरञ्जनका अन्य प्रकारहरूको तुलनामा खेलहरूले उनीहरूको पैसाको लागि सबैभन्दा मनोरञ्जन मूल्य प्रदान गर्दछ75% आमाबाबुले प्रत्येक...
HomeLatest newsनयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य : विप्लव – KhabarHost

नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य : विप्लव – KhabarHost



१५ कात्तिक,. काठमाडौं । प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्ल्र निर्माणको अपरिहार्यता रहेको बताएका छन् ।

कम्युनिस्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । विप्लवले ४ बुँदामा आफ्नो धारणा राखेका छन् ।

कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको, कम्युनिस्टहरूबीच वैचारिक, सैद्धान्तिक, व्यवहारिक बहसहरू आवश्यक छन रहेको उनको भनाइ छ ।

उनले एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको बताउँदै यसमा रमाउन नसकिने पनि बताएका छन् । उनले यो व्यङ्ग्य मात्रै भएको टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीबाट फुटेर चिरन सीलगायतले माओवादी केन्द्रसँग एकता गर्न लागे पनि उनले यस्तो टिप्पणी गरेका हुन् । माओवादी र एकीकृत समाजवादीसहितका दलहरुले यसै साता एकता गर्ने तयारी गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More