― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsधनुषामा सर्प महोत्सव चल्दै (तस्वीरहरू) – KhabarHost

धनुषामा सर्प महोत्सव चल्दै (तस्वीरहरू) – KhabarHost



१ मंसिर, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्दाहामा आइतबारदेखि सर्प महोत्सव सुरु भएको छ ।

सर्पको महत्व बुझौं, सहअस्तित्वलाई सम्मान गरौं, संरक्षणमार्फत भविष्य सुरक्षित गरौं’ भन्ने मूल नाराका साथ कल्चरल भिलेजमा दुई दिवासीय सर्प महोत्सव भइरहेको छ ।

मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइफको संयुक्त आयोजनामा भइरहेको महोत्सवको उद्घाटन सर्पदंश उपचारविद् डा. छविलाल थापाले गरेका थिए ।

सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउन र सहअस्तित्वको वातावरण सिर्जना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्था मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले बताए ।

सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प र मानवबीच द्वन्द्व न्यनीकरण, सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर महोत्सवले हुने उनको भनाइ छ ।

महोत्सवमा सर्पको प्रजाती, विष लाग्ने वा नलाग्ने सर्प, सर्पको जीवनचक्र,  सर्पदंशको उपचार प्रक्रिया र उद्धारसम्बन्धी जानकारी दिने स्टलहरु राखिएको छ ।

विभिन्न विद्यालयले पनि सर्पको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी स्टलहरु राखेका छन् , जसको जानकारी त्यस विद्यालयका विद्यार्थीले गराउने गर्छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More