― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsदेव गुरुङ – KhabarHost

देव गुरुङ – KhabarHost



६ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको पनि उनले बताए ।

अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुन:स्थापनाको विकल्प नरहेको उनको भनाइ थियो ।

‘अबको निकास के त ? अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन । पार्लियामेन्ट सिस्टम भएपनि राष्ट्रिय सहमतिबाट लैजाऔँ भनेका थियौँ । राष्ट्रिय सहमति हुन सकेन,’ उनले भने, ‘अहिलेको सम्भावना निर्वाचन सम्पन्न गर्ने, यदी निर्वाचन सम्पन्न गर्न सकिँदैन भने संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन । संसद् पुन:स्थापना गर्नुपर्छ ।’

त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

‘त्यहाँबाट संविधानमा संशोधन गर्नुपरे त्यहाँबाट संशोधन हुनसक्छ । आवश्यकताअनुसार संशोधन हुनसक्छ । रेगुलर कोर्समा लैजाने हो । नियमित कोर्समा लैजाने हो । अहिले उत्तेजना मच्चाउने दिशामा छन् । हामी शान्तिको दिशामा छौं,’ गुरुङले भने ।





Read More