― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsदेउवालाई गगनको प्रश्न- विधानमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ?

देउवालाई गगनको प्रश्न- विधानमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ?


फाइल तस्वीर



१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ? भन्दै प्रश्न गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख अन्तिम साता गर्ने निर्णय गरेको छ ।

उक्त बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा थापाले यस्तो प्रश्न गरेका हुन् ।

‘अहिलेसम्म मेरो अपेक्षा भनेको पार्टी सभापतिज्यूले पटकपटक पार्टी फुट्न दिन्नँ, पार्टीलाई अप्ठेरोमा पर्न दिन्नँ, कम्तीमा मेरो जीवनमा पार्टीलाई अप्ठेरोमा पर्न दिन्नँ भन्नुभएको हुनाले, पहिलो कुरा यो विशेष महाधिवेशन उहाँ (शेरबहादुर देउवा) ले नै डाक्नुहुन्छ, केन्द्रले नै डाक्छ’ थापाले भनेका छन्, ‘नहुँदै गर्दा पनि विशेष महाधिवेशनमा जाने मेरो जिम्मेवारी हो भन्ने विश्वास राखेर मैले बोल्छु । त्यो विश्वासभन्दा पर म जान्नँ ।’

लगत्तै थापालाई ‘पार्टी सभापतिले विशेष महाधिवेशन भयो भने पार्टी फुट्न सक्छ त भन्नुभयो, त्यो फुट्न दिन्नँ भन्ने कुरा आयो नि ?’ भन्ने प्रश्न सञ्चारकर्मीले गरेका थिए ।

सो क्रममा उनले जवाफ दिंदै भने, ‘त्यसो भए त्यो विधानमा किन लेखेको ? विधानमा विशेष महाधिवेशन गर्ने व्यवस्था किन लेखेको ?’





Read More