― Advertisement ―

Intel र SambaNova ले भर्खरै तीन-चिप AI मेसिन बनाएको छ जसले GPUs, RDUs, र Xeon बीचको कामलाई विभाजित गर्दछ।

प्रो-भ्याल्म्प ह्यान्डले प्रो-भ्याल्प ह्यान्डले कन्भर्ट गर्दै क्यासहरूSambaNova RDUs ले उच्च थ्रुपुट र कम विलम्बतामा टोकनहरू उत्पन्न गर्दछIntel Xeon 6 प्रोसेसरहरूले कार्यभार वितरण व्यवस्थापन र...
HomeLatest newsदुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार – KhabarHost

दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार – KhabarHost



१५ मंसिर, झापा । झापाको मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको उद्धार गरिएको छ । ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।

स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा आइतबार उद्धार गरेका हुन् ।

संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको जानकारी दिएको बताए । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिए ।





Read More