― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsदुई सातादेखि बेपत्ता १३ वर्षीया बालिकाको शव बीभत्स अवस्थामा भेटियो

दुई सातादेखि बेपत्ता १३ वर्षीया बालिकाको शव बीभत्स अवस्थामा भेटियो



७ कात्तिक, विराटनगर । गत असोज २१ गतेदेखि बेपत्ता बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार दिउँसो जंगल भित्र फेला परेको हो ।

लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा सडेको शव भेटिएको थियोे ।

प्रहरीका अनुसार टाउको र शरीर छुट्टाछुट्टै स्थानमा छन् । बालिकाले लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै स्थानमा फेला परेको थियोे । भित्री वस्त्र पनि खोलिएको अवस्थामा शव भेटिएको प्रहरी अधिकारीको भनाइ छ ।

सडेर दुर्गन्ध फैलिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशु असोज २१ गते दिउँसो ४:३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् ।

अंशु बेपत्ता भएपछि उनको खोजी भइरहेको थियोे ।

शुक्रबार बीभत्स अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार, बालिकाको बलात्कारपछि हत्याको आशंका छ । कपडा खोलिएको र शरीरका अंग छुट्टाछुट्टै अवस्थामा भेटिएकाले बलात्कार पछि हत्या भएको जस्तो देखिएको प्रहरीको आशंका छ ।

शव भेटिएपछि घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख कबित कटवालले अनुसन्धान सुरु गरेको जानकारी दिए । शव भेटिएपछि प्रहरीले सबै कोणबाट अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More