― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsदुई ‘मनीचेञ्जर’को अनुमति पत्र खारेज – KhabarHost

दुई ‘मनीचेञ्जर’को अनुमति पत्र खारेज – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति पत्र नवीकरण नगरेपछि खारेज गरेको छ।
  • मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार अनुमति पत्र नवीकरण नगरेका कारण अनुमति खारेज गरिएको बैंकले जनाएको छ।
  • नियमावली अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेको अवस्थामा अनुमति पत्र रद्द गर्ने व्यवस्था छ।

७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको अनुमति पत्र खारेज गरेको छ । केन्द्रीय बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ ।

केन्द्रीय बैंकले सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध मनी एक्स्चेञ्ज र स्तुपा मनी चेञ्जरको अनुमति खारेज गरेको हो ।

कारोबार गर्न अनुमति पाएकाहरूलाई मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार अनुमतिपत्र नवीकरण नगरेकाले आवश्यक निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

नियमावलीको व्यवस्था अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार बैंकले अनुमति खारेज गर्ने निर्णय गरेको हो ।





Read More