― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsदिनभरि अशान्त बनेको सिमरा सामान्य बन्दै, वीरगञ्ज-पथलैया सडकमा गुड्न थाले गाडी

दिनभरि अशान्त बनेको सिमरा सामान्य बन्दै, वीरगञ्ज-पथलैया सडकमा गुड्न थाले गाडी



४ मंसिर, काठमाडौं । बिहीबार दिनभरि अशान्त बनेको बाराको सिमराको जनजीवन अहिले सामान्य बन्दै गएको छ ।

जेनजी प्रदर्शनकारीहरूले दिउँसो ४ बजेपछि सडक खाली गरेपछि पथलैया-वीरगञ्ज सडकमा गाडीहरू गुड्न थालेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रजिअ मिश्रले अनलाइनखबरसँग भने, ‘जिल्ला सुरक्षा समितिले जेनजीका अगुवाहरूलाई छलफलका लागि डाकेका छौं । तर उहाँहरू विविध कारणले छलफलका लागि आइसक्नु भएको छैन । सम्भवतः भोलि मात्रै छलफल हुन्छ होला ।’

दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जिल्ला सुरक्षा समितिबाट भइसकेको भन्दै उनले आफूहरू जेनजी अगुवाहरूसँग छलफल गर्न तयारी अवस्थामा रहेको सुनाए ।

उनले भने, ‘छलफलका लागि हामी जतिखेर पनि तयार छौं । हामी जेनजी अगुवाहरूलाई कुरेर बसिरहेका छौं ।’

बिहानैदेखि सिमरा चोकलाई केन्द्रित बनाएर प्रदर्शन गरेका जेनजी अगुवाहरू दिउँसो ४ बजेपछि आ-आफ्नो घर फर्किसकेका कारण वीरगञ्ज-पथलैया सडकमा गाडी गुड्न थालेको प्रजिअ मिश्रले बताए ।

बाराका जेनजी अगुवा अविनाश अधिकारीका अनुसार भोलि शुक्रबार बिहान १० बजे पुनः  आन्दोलन गर्ने गरी बिहीबारको आन्दोलन स्थगित गरिएको छ ।

जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षहरू ४१ वर्षीय धनबहादुर श्रेष्ठ र ३८ वर्षीय क्यमुदिन अन्सारीलाई पक्राउ गरिसकेको छ ।

तर, जेनजीलाई आक्रमण गर्ने अरवीन्द साह अझै पक्राउ नगरेको भन्दै जेनजीहरू आक्रोशित छन् । साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान उनीहरूले राख्दै आएका छन् ।

बुधबार एमालेको युवा संघको मधेशस्तरीय कार्यक्रम थियो । काठमाडौंबाट महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता जाने कार्यक्रम थियो ।

यता जेनजी अगुवा सम्राट उपाध्यायले बुधबार नै एक जुट हुन भन्दै आह्वान गरेका थिए । जेनजीहरू सिमरा एयरपोर्ट अगाडि पुगेका थिए भने बाराका एमालेहरू पनि नेताहरू स्वागत गर्न एयरपोर्ट पुगेका थिए ।

त्यसपछि दुई पक्षबीच विवाद भएको थियो । विवादको क्रममा सुरुमा एमालेका बाराका नेता अरवीन्द साहले जेनजीलाई सुरुमा हिर्काएका थिए । त्यसयता सिमरा तनावपूर्ण  बन्दै आएको छ ।

आजको प्रदर्शन उग्रबन्दा प्रहरीले लाठी चार्जका साथै ३ राउन्ड हवाई फायर र ६ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

प्रदर्शन तनावपूर्ण बन्दा डीएसपीसहित ९ जना प्रहरी घाइते भएका थिए भने केही प्रदर्शनकारी समेत घाइते भएका थिए ।

-बाराबाट पत्रकार सुनिल गाउँलेको सहयोगमा 





Read More