― Advertisement ―

‘ह्याक गरिएको’: ह्याकरले Seiko USA वेबसाइटलाई बिगार्छ र ‘पूरा ग्राहक डाटाबेस’ को चोरीको दाबी गर्छ – यहाँ हामीलाई थाहा छ

सेइको यूएसएड वेबसाइट आक्रमणकारीहरूले Shopify ब्याकएन्ड उल्लङ्घन दाबी गर्छन्धम्की अभिनेताहरूले पूर्ण ग्राहक डाटाबेसको चोरीको आरोप लगाउँछन्, 72 घण्टा भित्र फिरौती माग्छन्अहिलेसम्म कुनै डार्क वेब...
HomeLatest newsदाभोस बैठकको सुभारम्भमा नागरिक समाजले उठायो असमानताविरुद्ध आवाज

दाभोस बैठकको सुभारम्भमा नागरिक समाजले उठायो असमानताविरुद्ध आवाज


राष्ट्रिय

समाचार.

  • स्विट्जरल्यान्डको दाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा नेपाली नागरिक समाजले आर्थिक असमानता अन्त्य गर्न अभियान थालेका छन्।

७ माघ, काठमाडौं । स्विट्जरल्यान्डको दाभोसमा जारी विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को वार्षिक बैठकको सुभारम्भमा नेपाली नागरिक समाज संस्थाहरूले असमानता विरुद्धको अभियान थालेका छन् । जनवरी २१ मा जारी गरिएको मागपत्रमा उनीहरूले विश्वव्यापी तथा राष्ट्रिय स्तरमा बढ्दो आर्थिक असमानता अन्त्य गर्न र समान अवसरयुक्त न्यायपूर्ण समाज निर्माणका लागि प्रतिबद्धता जनाउन आह्वान गरेका छन् । यो अभियान अन्तर्गत काठमाडौंमा सडक नाटक, छलफल तथा कार्यक्रमहरू आयोजना गरिएका छन्, जसमा गरिबी, जलवायु न्याय, खाद्य प्रणाली र ऋण बोझ जस्ता मुद्दाहरू उठाइएका छन् ।

दाभोसमा राष्ट्राध्यक्ष, बहुराष्ट्रिय कम्पनी प्रमुख र अर्बपतिहरू भेला भएर विश्वको भविष्यबारे छलफल गर्छन्, तर यसको छायाँमा विश्व झन् असमान बन्दै गएको माग पत्रमा उल्लेख छ । ‘असमानता संयोग होइन, यो नीतिगत परिणाम हो’ मागपत्रमा भनिएको छ । यसमा श्रमभन्दा पूँजीलाई प्राथमिकता दिने कर प्रणाली, व्यापार नीति र ऋण संरचना जस्ता विषयहरूले असमानतालाई संस्थागत बनाएको उल्लेख छ ।

विश्वका धनी १ प्रतिशत जनसंख्याले अपार सम्पत्ति संकलन गरिरहँदा गरिब, श्रमिक, महिला र सीमान्तकृत समुदायहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित भइरहेको कुरा पनि मागपत्रमा समेटिएको छ ।

नेपालमा लोकतन्त्र स्थापनापछि केही विकास भए पनि गहिरो असमानता कायम रहेको कुरा पनि औंल्याइएको छ । युवा पलायन, भ्रष्टाचार, दण्डहीनता र कमजोर शासनका कारण जनतामा निराशा बढेको माग पत्रमा उल्लेख छ । नेपालको सार्वजनिक ऋण बढ्दो क्रममा छ, जसले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानीलाई संकुचित बनाएको छ । आर्थिक वृद्धिको लाभ सबै वर्गसम्म नपुगेको र धनी वर्गको आय तीव्र बढिरहेको बताइएको छ । नेपालमा २५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको र शहरमा यो १०–१५ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

नागरिक समाजका प्रतिनिधिहरूले कार्यक्रममा आफ्ना धारणा राखेका थिए । गैर सरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले विश्व नेताहरूलाई गरिब, युवा, महिला र अपाङ्गता भएका व्यक्तिको पक्षमा नीति बनाउन र कार्यान्वयन गर्न आग्रह गरे । ‘नेपालमा ऋण बोझ बढेको छ, जसले हामीलाई जलवायु क्षतिपूर्ति र सहुलियतपूर्ण सहयोग आवश्यक छ’ भट्टराईले भने, ‘धनी र गरिबबीचको खाडल अन्त्य गर्नुपर्छ।’

उनले नेपालमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिएको ऋणको बोझ धेरै भएकाले सहुलीयतपूर्ण अनुदान हुनुपर्ने बताए ।

नोपल ग्रामीण पुनर्निर्माण संस्था ‘आरआरएन’की प्रोजेक्ट म्यानेजर मदिना पौडेलले खाद्य प्रणालीमा असमानताको मुद्दा उठाइन । ‘हामीले स्थानीय खाद्य प्रणालीको रुपान्तरणमा जोड दिएका छौं’ पौडेलले भनिन् ‘समुदाय, स्थानीय सरकार र संस्थाको संयुक्त पहलमा सबैलाई समान पहुँच सुनिश्चित गर्न आवश्यक छ ।’

कार्यक्रममा सडक नाटकहरू मार्फत खाद्य असमानता र यसको प्रभाव प्रदर्शन गरिएको थियो ।

नेपाल ग्रामीण पूर्ण निर्माण संस्थाका डा. गिरी पन्थीले असमान्ता अन्त्य गर्न प्रगतिशिल तथा सम्पत्ति कर, ज्याला, सबैलाई सामाजिक सुरक्षा, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानी वृद्धि गर्नु आवश्यक रहेको बताए ।

मागपत्रमा नेपाल सरकार, विश्व आर्थिक मञ्च र अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएका प्रमुख मागहरू यस प्रकार छन्:

-कर प्रणालीलाई प्रगतिशील बनाई धनी र कर्पोरेटबाट न्यायोचित कर असुली ।

-सार्वजनिक ऋणको पारदर्शी व्यवस्थापन र पुनर्संरचना ।

-भ्रष्टाचार नियन्त्रण निकायलाई स्वतन्त्र बनाउने ।

-युवाका लागि रोजगारमूलक शिक्षा र उद्यमशीलता ।

-पुनर्वितरण नीति, सामाजिक सुरक्षा र समावेशीकरण कार्यक्रम ।

-महिला, दलित, आदिवासी र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित ।

-जलवायु प्रभावित समुदायका लागि अनुकूलन र क्षतिपूर्ति ।

-स्वदेशी उत्पादन र ‘मेक इन नेपाल’ अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र ।

कार्यक्रममा कपिलवस्तुका नागरिक समाज सञ्जालका युवाहरूले सडक नाटकमार्फत कृषि, खाद्य प्रणाली तथा पोषण क्षेत्रमा विद्यमान आर्थिक असमानता, साना तथा भूमिहीन किसानहरूको संघर्ष र दलित युवा र किशोर-किशोरीहरूले भोगेको विभेदलाई उजागर गरे । दलित युवा निलम पासीले सडक संवादमा आफ्नो वास्तविक अनुभव र धारणा राख्दै खाद्य अधिकारको पैरवी गरिन् ।

यो अभियानलाई ‘डाबोस विकअप अफ एक्सन’ नाम दिइएको छ, जसले असमानता विरुद्ध नागरिक आवाज बुलन्द गर्ने र निर्वाचनमा गरिबका मुद्दा सम्बोधन गर्ने उम्मेदवारलाई समर्थन गर्ने लक्ष्य राखेको छ ।

नागरिक समाजका अनुसार, दिगो विकास लक्ष्य हासिल गर्न राष्ट्रिय स्वामित्व र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ । यो घटनाले नेपालमा बढ्दो असमानता विरुद्धको जनआन्दोलनलाई बल पुर्‍याउने अपेक्षा गरिएको छ ।





Read More