― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारदाउन्ने खण्डमा सवारी जाम, यात्रु मर्कामा – KhabarHost

दाउन्ने खण्डमा सवारी जाम, यात्रु मर्कामा – KhabarHost


Photo Credit : Prakash Bhandari



काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम भएपछि यात्रुहरु मर्कामा परेका छन् । पानी परेसँगै बाटो चिप्लो भएको र केही सवारी साधनहरु बिग्रिएर बाटोमै रोकिएकाले सवारी साधनको जाम लागेको हो ।

एकजना कार चालकले हिजो बेलुका दाउन्नेमा आइपुगेकोमा रातभर जाममा परेर आज बिहान सात बजे बल्ल दुम्किबास आइपुगेको बताएका छन् । उनले थुप्रै संख्यामा यात्रुहरु सडकमै अलपत्र परेको बताए ।

अरुणखोला, चोरमारातर्फको जंगल क्षेत्रमा सयौं सवारी साधनहरु रोकिएका छन् । त्यहाँ करिब ४०० गाडीहरुको लाइन रहेको स्थानीय बताउँछन् ।

प्रहरीका अनुसार दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बसमा बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार दाउन्ने खण्डमा सवारी साधनको अत्यधिक चाप छ । ‘दाउन्ने खण्डको विभिन्न ठाउँमा गाडी बिग्रिएकाले एकतर्फी भएको छ । जाम लामै देखिन्छ,’ उनले भने, ‘पानीसमेत परेकाले बाटो चिप्लो भएकाले हिजोदेखि नै समस्या छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More