― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsदहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुनसक्छौ धेरै चिनी

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुनसक्छौ धेरै चिनी


राष्ट्रिय

समाचार.

  • चिनीजन्य खानेकुराले टाइप २ मधुमेह, मुटुको रोग र क्यान्सरको जोखिम बढाउन सक्छ भन्ने तथ्य सार्वजनिक भएको छ।
  • विश्व स्वास्थ्य सङ्गठनले वयस्कले दैनिक ३० ग्रामभन्दा बढी फ्री सुगर नखान सिफारिश गरेको छ।
  • सन् २०३५ सम्म विश्वका आधाभन्दा बढी वयस्क र एक तिहाइ बालबालिका मोटोपनसँग जुध्ने अनुमान गरिएको छ।

चिनीजन्य खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुँदैन । हामीले सिधै चिनी नखाएपनि थाहा नपाई दैनिक धेरै चिनी खाइरहेका हुनसक्छौँ । यो कुरामा ध्यान दिन आवश्यक छ । धेरै चिनी खानाले टाइप २ मधुमेह, मुटुको रोग र क्यान्सरको जोखिम बढाउन सक्छ ।

पछिल्ला केही दशकमा विश्वभर खानपानमा ठूलो परिवर्तन आएको छ र यसैसँग मोटोपन र मधुमेहका घटनाहरू पनि तीव्र गतिमा बढिरहेका छन् । द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित तथ्यांकअनुसार, सन् २०३५ सम्म विश्वका आधाभन्दा बढी वयस्क र एक तिहाइ बालबालिका, किशोर र युवाहरू अधिक तौल वा मोटोपनसँग जुध्ने अनुमान छ ।

धेरै देशहरू यससँग लड्न सङ्घर्ष गरिरहेका छन् । अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) का अनुसार विश्वमा ५३.७ करोड मानिसहरूलाई मधुमेह छ, जसमध्ये ८२.७ करोड मधुमेहका रोगी दक्षिणपूर्वी एसियामा छन् ।

आइडिएफको अनुमानअनुसार दक्षिण पूर्वी एसियामा मधुमेहीको सङ्ख्या सन् २०४५ मा बढेर १५.२ करोड पुग्नेछ । हामीलाई थाहा नै हुँदैन दहीदेखि ब्रेड र केचपदेखि स्मूदीसम्म जस्ता दैनिक खाइने वस्तुहरूमा धेरै मात्रामा चिनी हुन्छ, र यहाँ हामी लुकेको चिनीको मात्राको कुरा गरिरहेका छौँ ।

फ्री सुगर भनेको के हो ?

ओट्स, नट्स, कर्नफ्लेक्स, मह, दही वा फलको जुस स्वस्थ नास्ता लाग्न सक्छ । तर नास्ताका लागि जुन वस्तु छान्दै हुनुहुन्छ, त्यसले दिनको सुरुमै विश्व स्वास्थ्य सङ्गठनले पूरै दिनका लागि सुझाएको मात्राभन्दा बढी चिनी खाइसकेको हुन सक्छ ।

युकेको नेशनल हेल्थ सर्भिसका अनुसार, वयस्कले दैनिक ३० ग्रामभन्दा बढी ‘फ्री सुगर’ खानुहुँदैन ।

फ्री सुगर भनेको खाना वा पिउने वस्तुलाई मिठो बनाउन थपिएको अतिरिक्त चिनी हो । महमा पाइने चिनी पनि फ्री सुगर हो । यो फ्री सुगर जुसमा पनि हुन्छ ।

चिनी खाँदा शरीरमा पर्ने प्रभाव यो कुरामा निर्भर गर्छ त्यो चिनी खानामा कसरी उपस्थित छ । उदाहरणका लागि, जब फल वा तरकारी खाइन्छ त्यसमा भएको फाइबरले पाचनलाई सुस्त बनाउँछ, जसले ब्लड सुगरमा हानिकारक वृद्धि हुँदैन।

तर, जब थपिएको चिनी वा फ्री सुगर सेवन गरिन्छ, यो रगतमा छिटो र प्रायः ठूलो मात्रामा आउँछ, जसले रगतमा चिनीको मात्रा बढाउँछ । फल वा तरकारीको जुस पिउँदा पनि यस्तै हुन सक्छ, किनकि जुस बनाउने क्रममा फाइबर हट्छ ।

जब समयसँगै ब्लड सुगरमा ठूला उतारचढाव बारम्बार हुन्छन्, यसले इन्सुलिन हर्मोनप्रति कोशिकाको प्रतिक्रिया घट्न सक्छ । अघिल्ला पुस्ताको तुलनामा हाम्रो खानामा चिनीको हिस्सा अब धेरै बढेको छ, जसको एक कारण प्रशोधित खानाको बढी प्रयोग पनि हो ।

जसमा अपेक्षा पनि गरिँदैन जस्तै संरक्षित मासु र माछा, तिनलाई लामो समय टिकाउन वा राम्रो स्वाद दिन परिवर्तन गरिएको हुन्छ । यी प्रशोधित खानामा प्रायः नुनसँगै चिनी पनि प्रयोग गरिन्छ ।

यता अल्ट्रा–प्रशोधित खाना अझ अगाडि छन् । यस्ता खाना कुनै न कुनै औद्योगिक प्रशोधनबाट गुज्रिएका हुन्छन् र तिनमा धेरै यस्ता वस्तु थपिएका हुन्छन्, जुन भान्सामा शायदै भेटिन्छन् ।

यदि कुनै खाना वस्तुमा पाँचभन्दा बढी सामग्री छन् भने, त्यो अल्ट्रा–प्रशोधित हुने सम्भावना हुन्छ । त्यसैले सामग्रीमा पनि ध्यान दिनुपर्छ । हाई–फ्रक्टोज मकैको सिरप, फलको जुस कन्सन्ट्रेट, मह, एगेभ नेक्टर, यी सबै चिनीका वैकल्पिक नाम हुन् ।

विश्वभर चिनीको खपत

चिनी हाम्रो स्वास्थ्यका लागि राम्रो छैन भन्ने जागरूकता बढ्दै गए पनि हामी दैनिक पहिलेभन्दा धेरै बढी चिनी खाइरहेका छौँ । विश्वका स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति सबैभन्दा बढी चिनी खपत गर्ने देश अमेरिका हो । भारत, चीन, पाकिस्तान र इन्डोनेसियामा पनि यो खपत तीव्र गतिमा बढिरहेको छ ।

मार्चमा द ल्यान्सेटले १९० देश समावेश गरी अधिक तौल र मोटोपनसँग जोडिएका केही तथ्याङ्क दिए । यसअनुसार यदि विश्वमा मोटोपनको प्रवृत्ति कायम रह्यो भने, सन् २०३५ सम्म अधिक तौल र मोटोपनसँग जुध्ने वयस्कको सङ्ख्या पुरुषमा करिब ५१.८ प्रतिशत र महिलामा ४८.४ प्रतिशत पुग्नेछ ।

आगामी दशकहरूमा, चीन, भारत र अमेरिकामा अधिक तौल वा मोटोपन भएका मानिसको संख्या धेरै हुने अनुमान छ । चीनमा ७९.७ करोड, भारतमा २५.४ करोड र अमेरिकामा २१.२ करोड, जसले यी देशहरूको स्वास्थ्य प्रणालीमा बोझ बढाउनेछ ।

सब–सहारा अफ्रिकामा अधिक तौल वा मोटोपन भएकाहरूको सङ्ख्या पनि १०० प्रतिशतभन्दा बढी बढेर १५.२ करोड पुग्नेछ । नाइजेरिया यस मामिलामा अग्र पङ्क्तिमा छ, जहाँ अधिक तौल र मोटोपन भएकाहरूको सङ्ख्या तीन गुणाभन्दा बढी हुने अनुमान छ ।

यो सङ्कटबाट बच्न र आफ्नो स्वास्थ्यको भविष्य निर्धारण गर्नका लागि उपाय भने छन् । उदाहरणका लागि, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यहाँ ६४ प्रतिशत वयस्कले दैनिक चिनी भएका पेय पदार्थ पिउँछन् । मिठाई, प्रशोधित खाना र यी पेय पदार्थबाट टाढा रहँदा देशको स्वास्थ्यमा ठूलो सुधार हुन सक्छ ।

खानामा कुनै पनि अतिरिक्त चिनीको मात्रा क्यालोरीको १० प्रतिशतभन्दा कम राख्न विश्व स्वास्थ्य संगठनको सल्लाह छ । साथै, अझ राम्रो स्वास्थ्यका लागि यो ६ प्रतिशतभन्दा कम गर्नुपर्छ ।

यद्यपि, यो ६ प्रतिशत पनि हामीले दैनिक खाने खाद्य वस्तुमा मिसिएको चिनीको मात्राले नै पुग्छ । चिनीको मात्रासँगै बडी मास इन्डेक्स (बीएमआई) मा ध्यान दिन सुझाव दिइन्छ ताकि अधिक तौल छ कि छैन भन्ने थाहा होस् ।

बीएमआई वास्तवमा मोटोपनको सही गणना हो ?

विश्वभरका चिकित्सकहरूले बीएमआई प्रयोग गर्छन् किनकि उचाइ र तौलको आधारमा यसको गणना सजिलै गर्न सकिन्छ । तर यो आफैँमा पूर्ण छैन र यसका पनि सीमाहरू छन् ।

कुनै व्यक्ति आफ्नो उचाइअनुसार तौल छ कि छैन भन्ने कुरा बीएमआईले मापन गर्छ । तर यसमा बढी तौल बोसोका कारण हो कि होइन भन्ने थाहा हुँदैन ।

बीएमआईमा शरीरका विभिन्न प्रकारका बोसोमा ध्यान दिइँदैन, जस्तै पेट वा अन्य अङ्गहरूको वरिपरि अतिरिक्त बोसो जम्मा हुँदा विभिन्न समस्या निम्तिन सक्छ । यसमा व्यक्तिको उमेर, शारीरिक गतिविधि र लिङ्गलाई पनि ध्यानमा राखिँदैन।

बेलायतमा केही एसियाली र अन्य अल्पसङ्ख्यक जातिका मानिसहरूमा कम बीएमआई स्तरमा पनि मुटुको रोग वा टाइप २ मधुमेह जस्ता स्वास्थ्य अवस्थाको जोखिम बढी पाइएको छ । त्यसैले यस वर्ष जनवरीमा बेलायतको नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (नाइस) ले नयाँ गाइडलाइन्स दिएको छ ।

यो समूहका लागि, कुनै व्यक्तिको अधिक तौल वा मोटोपन पत्ता लगाउन प्रयोग हुने बीएमआई सीमालाई कम गरिएको छ, जसको अर्थ अधिक तौलको सम्भावित जोखिमहरू पहिल्यै पत्ता लगाउन सकिन्छ ।

नाइसको नयाँ गाइडलाइन्समा यो पनि उल्लेख छ- शरीरको संरचना, जसमा बोसो र मांसपेशी पनि समावेश छ, विभिन्न जातिका मानिसहरूमा फरक हुन्छ ।

बीबीसीबाट

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More