२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिनामा आर्थिक गतिविधि विस्तार हुन नसकेको देखिन्छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएपनि मुद्रास्फीतिमा देखिएको गिरावट सुस्त आर्थिक गतिविधिको नतिजा हो । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.११ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आवको कात्तिकमा कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब…

