― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsदलले नै दिन्छन् शिक्षकलाई सदस्यता, मन्त्री पुनले कसरी गर्छन् कारबाही ?

दलले नै दिन्छन् शिक्षकलाई सदस्यता, मन्त्री पुनले कसरी गर्छन् कारबाही ?



२४ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार दलको भातृसंगठन वा शुभेच्छुक संस्थाका रूपमा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीका संघ संगठनहरूलाई मान्यता नदिने निर्णय गरे । मन्त्री पुनको यो सूचना बाहिरिएसँगै शिक्षकका संघ-संगठन मन्त्री पुनमाथि खनिएका छन् ।

योसँगै शिक्षक–प्राध्यापक दलको हुने कि विद्यार्थीको भन्ने प्रश्न उठेको छ । ‘शिक्षक–प्राध्यापक विद्यार्थीको हुनुपर्ने हो तर भएनन्,’ प्रा.डा. विद्यानाथ कोइरालाले भने, ‘नेपालमा कोही पनि स्वतन्त्र मान्छे भएनन् । जुन क्षेत्रमा पनि पार्टीको भयो ।’

मन्त्री पुनले पनि शिक्षक, प्राध्यापक तथा कर्मचारीका संघ-संगठन स्वतन्त्र हुनुपर्ने जिकिर गरेका छन् ।

‘संघ-संगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु,’ उनले भनेका छन् ।

प्राज्ञहरू शिक्षक–प्राध्यापक स्वतन्त्र हुनुपर्नेमा सहमत छन् । ‘शिक्षक–प्राध्यापक दलभन्दा पनि शैक्षिक काममा लाग्नुपर्छ । राजनीति पटक्कै गर्नु भएन,’ त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘प्रत्येक व्यक्तिको भोट हाल्ने अधिकार छ । तर राजनीतिक आस्था बोकेका शिक्षक संघ-संगठनले शैक्षिक व्यवस्थालाई फाइदा पुर्‍याएको छैन ।’

मन्त्री पुनले राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय नै गरेका छन् ।

‘संघ-संगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु,’ मन्त्री पुनले भनेका छन् ।

विद्यानाथ कोइराला र केदारभक्त माथेमा ।

तर, यसमा शिक्षक संघ-संगठनको फरक मत छ । मन्त्री पुनको निर्णयले शिक्षक र मन्त्रालयबीच द्वन्द्वको स्थिति बनेको तर्क शिक्षकहरूको छ ।

‘शिक्षक समुदाय र मन्त्रालयबीच द्वन्द्व निर्माण गर्ने दिशातिर जान्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

शिक्षकका संघ-संगठन दलको भ्रातृ संस्था नरहेको दाबी शिक्षकहरूको छ ।

दलहरूको विधानमा शिक्षक–प्राध्यापक सदस्य हुन नपाउने व्यवस्था नराखेसम्म शिक्षक दलको भइरहने बुझाइ प्राज्ञहरूको छ ।

‘संस्थामा भएका सदस्यले आस्था राख्न सक्छन् । तर, शिक्षक संघ–संगठन दलको भ्रातृ संस्था होइन,’ अध्यक्ष सुवेदीले भने, ‘कोही कसैले कानुन विपरीत गर्छ भने त्यो व्यक्तिको कुरा हो । व्यक्ति र संस्था अलग हो । कुनै शिक्षकले आचारसंहिता विपरीत काम गर्छ भने त्यही अनुसार कुरा गर्नुपर्‍यो ।’ तर, दलका आस्थाका आधारमा शिक्षक संघ-संगठन खुल्ने गरेका छन् ।

दलहरूको विधानमा शिक्षक–प्राध्यापक सदस्य हुन नपाउने व्यवस्था नराखेसम्म शिक्षक दलको भइरहने बुझाइ प्राज्ञहरूको छ ।

‘कांग्रेसमा महासमिति सदस्य शिक्षक हुन्छ । कम्युनिस्टको पोलिटव्यूरोमा शिक्षक हुन्छन्,’ प्रा.डा. कोइरालाले भने, ‘दलले नै शिक्षकलाई सदस्यता दिनु भएन । पार्टीलाई नोट र भोट चाहिएको छ । शिक्षकलाई दलको सुरक्षा चाहिएको छ । यो दाम्लो नचुँडालेसम्म शिक्षक दलको भइरहन्छ ।’

तर, शिक्षकहरू संविधान अनुसार नै संघ-संगठन बनाएको दाबी गर्छन् । संविधानको धारा ३४ मा श्रमको हक हुने भनिएको छ । उक्त धाराको उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने भनिएको छ ।

शिक्षामन्त्री महावीर पुन र शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी ।

दलमा लागेका शिक्षकलाई कारबाही गर्न सम्भव छ ?

शैक्षिक सत्र २०८१ मा शिक्षकको संख्या २ लाख ७९ हजार ५ सय ८५ रहेको छ । जसमध्ये ४२.६ प्रतिशत महिला र ५७.४ प्रतिशत पुरुष शिक्षक रहेका छन् । अधिकांश शिक्षक कुनै न कुनै दलमा संलग्न छन् । थोरै संख्यामा मात्र कुनै पनि दलमा आबद्ध नरहेको शिक्षकहरू नै बताउँछन् । वैधानिक रूपमा दर्ता भएका संघ-संगठनलाई कारबाही गर्न नसक्ने चेतावनी शिक्षकहरूले दिएका छन् ।

‘संस्थाहरू श्रम ऐन अनुसार दर्ता भएका छन् । ती संस्थालाई अवैधाकिन भन्ने अधिकार कसैलाई छैन । सबै संस्था वैधानिक हो,’ अध्यक्ष सुवेदीले भने ।

शिक्षकमा एउटा नाम र पार्टीको सदस्यतामा अर्को नाम राखेर समेत सदस्यता लिएकाले कारबाही गर्न कठिन हुने मत प्राज्ञहरूको छ ।

‘शुभेच्छुक भ्रातृ संस्था भनेका छन् । नाम चेन्ज गरेर पनि सदस्य लिने गरेको छ । पार्टीमा अर्को नाम हुन्छ । मन्त्रीले कसलाई कारबाही गर्ने ? दलहरूले शिक्षकलाई सदस्यता दिन भएन । दलहरूको विधान संशोधन हुनुपर्छ,’ प्रा.डा. कोइरालाले भने ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) मा बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई दलको सदस्यता प्रदान गर्न नमिल्ने कानुनी व्यवस्था छ । तर शिक्षकहरू दलको महाधिवेशन प्रतिनिधि भएर जाने गरेका छन् ।

यसअघि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले पनि २०८१ वैशाखमा शिक्षकहरू दलमा आबद्ध भएको प्रमाणित भए कारबाही गर्ने प्रक्रिया अघि बढाएकी थिइन् ।

शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा (५) को देहाय खण्ड (छ) र शिक्षा नियमावली, २०५९ को नियम १३८ को उपनियम (१) मा शिक्षकहरू दलको कार्यकारिणी समितिको सदस्य रहेमा पदबाट हटाउने व्यवस्था छ । त्यसबेला पनि शिक्षकका नेताहरूले विरोध गरेका थिए । यसरी सक्रिय राजनीतिमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कारबाही हुन सकेको छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More