― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsदल दर्ताको निवेदन दिँदै प्रकाण्डको दाबी- आजको दिन ऐतिहासिक र विशेष सावित...

दल दर्ताको निवेदन दिँदै प्रकाण्डको दाबी- आजको दिन ऐतिहासिक र विशेष सावित हुनेछ



११ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरेका छन् ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले (कम्युनिस्ट पार्टी नेपाल) नामक दल दर्ताका लागि निवेदन दिएका छन् । पहिलोपटक संसदीय प्रणालीमा भाग लिएको दिन भएकाले आजको दिनलाई ऐतिहासिक भएको उनको प्रष्टोक्ति थियो ।

‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुँदैछ,’ प्रकाण्डले भनेका छन्, ‘निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।’

झण्डै ११ वर्षदेखि आफ्नो पार्टी देश र जनताको पक्षमा काम गरिरहेको जिकिर गर्दै प्रकाण्डले जनताको चाहनालाई कुनै अवरोध विना फैसला गर्न पाउने विधि भनेको निर्वाचन नै रहेको बताए ।

‘नेपालको राजनीतिक आन्दोलनमा, परिवर्तनको आन्दोलनमा, क्रान्तिको आन्दोलनमा नयाँ दृष्टिकोणसहित नयाँ नीति अघि सारेर हामीले जनताको आफैं अधिकारको कुरा, जनताको मुद्दाको कुरा, सिस्टमको कुरा, चाहनाको कुरालाई आफैं फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई अवरोधबिना फैसला गर्न पाउने विधि भनेको निर्वाचनको विधि हो,’ प्रकाण्डले भने, ‘हाम्रा विगतका आफ्ना अनुभव नयाँ पनि छन् । अहिलेको आवश्यकतालाई नीतिलाई जनताको माग अनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्नेछ ।’





Read More