― Advertisement ―

कुनै पनि EU डाटा केन्द्रहरू वास्तवमा AI को लागी तयार छन् – र अपग्रेड गर्नु महँगो चुनौती हुन सक्छ

युरोपीय डेटा केन्द्र, एआई रिपोर्ट आपूर्ति माग पूरा गर्दैन। फेला पार्छअनुपयुक्त पावर घनत्व र शीतलन प्रणालीहरू समस्या हुन्केही देशहरू अरू भन्दा नयाँ क्याम्पसहरूको लागि...
Homeराष्ट्रिय समाचारथापाथलीको अनधिकृत संरचनामा चल्यो डोजर (तस्वीरहरू)

थापाथलीको अनधिकृत संरचनामा चल्यो डोजर (तस्वीरहरू)


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं महानगरपालिकाले थापाथलीको राममन्दिरमा बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ।
  • महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भाडामा लगाइएको र खाली गर्न चेतावनी दिएको थियो।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ अनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी महानगरपालिकाको भएको सूचनामा उल्लेख छ।

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको राममन्दिरमा बनाइएका अनधिकृत संरचना भत्काएको छ ।

महानगरपालिकाको टोलिले शुक्रबार सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचना भत्काएको हो ।

सम्पदा क्षेत्र मिचेर बनाइएका अवैध संरचना भाडामा समेत लगाएपछि महानगरले खाली गर्न भनेको थियो ।  तर, संरचना यथावत् रहेपछि शुक्रबार महानगरको नगर प्रहरीसहितको टोलीले डोजर लगाएर भत्काएको छ ।

गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले पनि महानगरको सहयोग मागेको थियो । महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।

काठमाडौं महानगरपालिकाले बिहीबार नै एक सूचना जारी गरेर अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय अनुसार खाली गर्न चेतावनी दिएको थियो ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन  गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू सात दिनभित्र हटाइ सहयोग गरिदिन यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा छ ।

महानगर क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानको अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना आफैं नहटाए कारबाही गरी खाली गराउने चेतावनी दिइएको छ ।

 





Read More