― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsथाइल्याण्डमा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कका दुई सदस्य गिरफ्तार

थाइल्याण्डमा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कका दुई सदस्य गिरफ्तार



२९ कात्तिक, बैंकक । थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शङ्का लागेका दुईजनालाई पक्राउ गरेका छन् ।

उनीहरूलाई कम्बोडियासिमाना नजिक गाडीमा ८१ ‘म्याकाक’ बाँदर राखेको अवस्थामा नियन्त्रणमा लिइएको सैन्य स्रोतले जनाएको छ ।

‘म्याकाक’ एक प्रकारको बाँदर हो, जुन मुख्यत: एशिया, उत्तर अफ्रिका र युरोपका केही भागहरूमा पाइन्छ । म्याकाक बाँदरहरूको प्रजाति धेरै विविध छ र यिनीहरूको आकार, रङ्ग र जीवनशैलीमा विभिन्नता पाइन्छ ।

थाइल्याण्ड वन्यजन्तु तस्करीको प्रमुख मार्गको रूपमा परिचित छ, जहाँ दुर्लभ जनावरहरू चीन, ताइवान र दक्षिणपूर्वी एसियामा कालो बजारमा महँगो मूल्यमा बेचिन्छन् ।

शुक्रबार दिउँसो साराकेओ प्रान्तको अरान्याप्रथेत जिल्लामा गाडीलाई रोकेर जाँच गर्दा सैनिकहरूले बाँदरहरू निलो जालोमा थुप्रिएको अवस्थामा फेला पारे ।

१२ औँ रेन्जर फोर्स रेजिमेन्टले फेसबुकमा जारी गरेको वक्तव्यअनुसार, ३ बजेर २० मिनेटमा दुई जनालाई पक्राउ गरी गाडीको निरीक्षण गरियो ।

सैनिकहरूले ‘मेथाम्फेटामिन’का गोली र ‘क्रिस्टल मेथ’ पनि बरामद गरेका छन्, यद्यपि बरामद पदार्थको मात्रा खुलाइएको छैन ।

सोधपुछको क्रममा पक्राउ परेकाहरूले थाइल्याण्डबाट कम्बोडियातर्फ म्याकाक बाँदर तस्करी गर्ने अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न रहेको स्वीकार गरेका छन् ।

सैनिकहरू प्रहरीसँग मिलेर उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण र लागूऔषध कानून अन्तर्गत कारबाही अघि बढाइरहेका छन् ।

गत वर्ष थाइल्याण्डमा लगभग एक हजार दुर्लभ लेमुर र कछुवालाई म्याडागास्कर फिर्ता पठाएको थियो, जुन दुई देशबीचको सबैभन्दा ठूलो वन्यजन्तु तस्करीविरुद्धको अभियान थियो । यसै वर्ष मे महिनामा थाइल्याण्ड प्रहरीले दुई ओरेङ्गुटान बच्चा तस्करी गर्ने शंकास्पद व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।

(रासस/एएफपी)

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More