― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsतोलामा ४ हजार ६ सय बढ्यो सुन – KhabarHost

तोलामा ४ हजार ६ सय बढ्यो सुन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ।
  • अमेरिकाले भेनेजुयलामा गरेको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेको छ।
  • चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको छ।

२१ पुस, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।





Read More