राष्ट्रिय
समाचार.
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ।
- अमेरिकाले भेनेजुयलामा गरेको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेको छ।
- चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको छ।
२१ पुस, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।
चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

