राष्ट्रिय
समाचार.
- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको २ लाख ४६ हजार ४ सय रुपैयाँबाट २१ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेर ३१७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
२६ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
सुनको भाउ घटे पनि चाँदी बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

