― Advertisement ―

अमेरिकी सुरक्षा एजेन्सी अझै पनि प्रतिबन्धको बावजुद मिथोस प्रयोग गर्दै – पेन्टागनको ‘आपूर्ति श्रृंखला जोखिम’ पदनामको बावजुद सरकारले नयाँ सुरक्षा उपकरण प्रयोग गर्दै

NSA ले कथित रूपमा पेनथ्रोसको प्रयोग गरेर एनएसए pictagons कम्पनीले प्रि-थ्रोभ्यु प्रयोग गरिरहेको छ। एक आपूर्ति-श्रृंखला जोखिमMythos, परियोजना Glasswing को अंश, शून्य दिनहरू पत्ता...
HomeLatest newsतोलामा २ हजार ९ सय घट्यो सुन – KhabarHost

तोलामा २ हजार ९ सय घट्यो सुन – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनभन्दा २ हजार ९ सय रुपैयाँ कम हो।
  • चाँदीको भाउ पनि प्रतितोला २९२० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको २९८० रुपैयाँभन्दा ६० रुपैयाँ कम हो।
  • अमेरिका र चीनबीच व्यापारिक तनाव कम हुनु र सम्झौताको ड्राफ्टमा सहमति जुट्नुले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेको छ।

११ कात्तिक, काठमाडौं । मंगलबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ । तिहारपछि सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घट्नुको मुख्य कारण : अमेरिका र चीनबीचको व्यापारिक तनाव कम हुनु हो । अमेरिका र चीनबीच हुने व्यापारिक सम्झौताको ड्राफ्टमा सहमति जुटेसँगै सुनचाँदीको भाउ घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आर्थिक सबलतामा सबैभन्दा ठूला शक्ति राष्ट्रबीचको यो सहमतिले सुनको माग घटेसँगै मूल्यमा कमी आएको हो । अर्कोतर्फ यसले विश्वको सेयर बजारलाई सकारात्मक प्रभाव पारेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More