― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
HomeLatest newsतेल, चामल र ग्यास मूल्य समायोजन गर्न उत्पादक तथा वितरकलाई वाणिज्य विभागको...

तेल, चामल र ग्यास मूल्य समायोजन गर्न उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन


राष्ट्रिय

समाचार.

  • सरकारले दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र आपूर्तिमा कमीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेर उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरीय सेवा सुनिश्चित गर्न प्रतिबद्धता जनाएको छ।
  • विभागले खाद्यान्न तथा तेलका उत्पादक, पैठारीकर्ता र वितरकलाई अनुचित नाफा नलिन निर्देशन दिएको र कानुन विपरीत फर्मलाई जरिवाना तथा दण्ड–सजाय गरेको छ।

२१ माघ, काठमाडौं । केही समयदेखि दैनिक उपभोग्य वस्तु खानेतेल, ग्यास, चामल लगायत अत्यावश्यक सामग्रीमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र आपूर्तिमा देखिएको कमीप्रति सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै उपभोक्ता र सार्वजनिक सञ्चारमाध्यमबाट आएका गुनासा सम्बोधन गर्न बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

‘बजारमा देखिएको अवाञ्छित मूल्यवृद्धि नियन्त्रण गर्न विभागले खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई बोलाएर छलफल गरेको छ,’ विज्ञप्तिमा छ, ‘विभागले उनीहरूलाई अनुचित नाफा नलिन, अस्वाभाविक रूपमा बढाइएको मूल्य समायोजन गर्न र उपभोक्तालाई राहत दिन निर्देशन दिइएको छ ।’

बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन विभागले अन्य सक्षम निकायसँगको समन्वयमा संयुक्त अनुगमन गरिरहेको विभागको भनाइ छ । अनुगमन क्रममा प्रचलित कानुन विपरीत कार्य गर्ने केही फर्मलाई तत्कालै जरिबाना तथा दण्ड–सजाय समेत गरिएको विभागले जनाएको छ ।

प्रचलित कानुन विपरीतका कुनै क्रियाकलाप भएको पाइए थप कडा कानुनी कारबाही गरिने विभागको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More