― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsतीन पाकिस्तानी सम्मिलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित – KhabarHost

तीन पाकिस्तानी सम्मिलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पर्वत जिल्ला भलिबल संघलाई ३–२ को सेटमा पराजित गरेको छ।
  • महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा जित निकालेर फाइनलमा प्रवेश गरेका छन्।
  • च्याम्पियनसिप माघ १७ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुँदैछ।

१४ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले तीन पाकिस्तानी खेलाडी सम्मिलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो । निकै प्रतिस्पर्धात्मक भएको पाँचौं सेटमा आर्मीले २०–१८ जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ । पराजित भएको पर्वतले ४ खेलबाट ९ अंक बनाएको छ । समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ । ४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहीन छ ।

यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यू डायमन्डले थाइल्यान्ड क्वीन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड र पुलिसले प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

च्याम्पियनसिपअन्तर्गत भोलि बिहीबार ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ तेस्रो स्थानका लागि एपीएफ र थाइल्यान्ड क्वीन्स भिड्नेछन् ।

उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फ पुलिस र माल्दिभ्स खेल्नेछन् । पुरुषतर्फको दोस्रो तथा अन्तिम खेल आर्मी र एपीएफबिच हुने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More