― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsतीन दिनपछि बढ्यो सेयर बजार, घट्यो कारोबार – KhabarHost

तीन दिनपछि बढ्यो सेयर बजार, घट्यो कारोबार – KhabarHost


राष्ट्रिय

समाचार.

  • सेयर बजारमा ८ पुस, मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४ अंकमा पुगेको छ।
  • कारोबार रकम ३ अर्ब ४२ करोड पुगेको छ जुन अघिल्लो दिनको भन्दा कम हो।
  • १३४ कम्पनीको मूल्य बढ्दा ११७ को घटेको र ८ को स्थिर रहेको छ।

८ पुस, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ ।

यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२ ः २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो ।

अन्य समूह सूचक सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढे । व्यापार स्थिर रहँदा निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ तथा विकास बैंक ०.१६ प्रतिशत घटे ।

एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशत बढ्यो । त्यस्तै गुराँस लघुवित्तको ६.०१, सयपत्री हाइड्रोपावरको ५.९६, ग्रामिण विकास लघुवित्तको ५.८५ प्रतिशत मूल्य बढ्यो ।

सिटिजन लाइफ इन्स्योरेन्सको ५.९७, सीवाईसी लघुवित्तको ५.८७, पियोर इनर्जीको ४.२८ तथा पोखरा फाइनान्सको २.६८ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, सागर डिस्टिलरी, सीईडीबी होल्डिङ्स, लुम्बिनी विकास बैंक तथा मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे ।





Read More