राष्ट्रिय
समाचार.
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ।
- मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो भने १३ कात्तिकमा ८७ रुपैयाँमा किनबेच भएको थियो।
१९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ ।
हिजो मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै १३ कात्तिकमा तिते करेला प्रतिकिलो ८७ रुपैयाँमा किनबेच भएको थियो ।

