― Advertisement ―

iRobot टेकओभर पूरा भयो – तर यस्तो देखिन्छ कि Roomba ब्रान्ड यसको अमेरिकी जराहरूमा टाँसिएको छ

iRobot अब पूर्ण रूपमा स्वामित्वमा रहेको छ, चिनियाँ बैंकरप्याक्टर कम्पनीको अनुसरण गर्दै छ। प्रक्रियाएउटा नयाँ 'iRobot Safe' सहायक कम्पनी अमेरिकी उपभोक्ता डेटाको सुरक्षाको लागि...
HomeLatest newsतनावपुर्ण खेलमा एनआरटीले संकटालाई हरायो, दुई खेलाडीलाई रातो कार्ड

तनावपुर्ण खेलमा एनआरटीले संकटालाई हरायो, दुई खेलाडीलाई रातो कार्ड


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय लिग फुटबलमा न्युरोड टिमले संकटालाई ३-१ ले पराजित गर्दै लगातार चौथो जित हासिल गरेको छ ।
  • खेलमा दुई खेलाडीले रातो कार्ड पाए, संकटाका टाय ड्यानिए ब्राडारु र न्युरोडका टिमोथी ओकेकरेकले मैदान छाडेका थिए ।
  • न्युरोड डर्बीमा दर्शक संख्या २२५ मात्र थियो र प्रशिक्षकहरूले फ्यान इनगेजमेन्ट बढाउन ग्रासरुट र मर्चन्डाइजिङ आवश्यक भएको बताएका छन् ।

१५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार एन्फा कम्प्लेम्समा भएको न्युरोड डर्बीमा न्युरोड टिम (एनआरटी) ले स्कटा क्लबलाई ३-१ ले हरायो । लिगमा एनआरटीको यो लगातार चौथो जित हो ।

कप्तान कृतिश रत्न छुन्जुले खेलको १०औं मिनेटमा गोल गर्दै एनबरटीलाई अग्रता दिलाएका थिए ।

संकटाका गिल्बर्ट बिल्गले ५१औं मिनेटमा आत्मघाती गोल गरेपछि एनआरटीले अग्रता दोब्बर बनायो ।

संकटाका कृष्ण बहादुर आलेले ५६औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए । टिमोथी ओकेकरेकले ६७औं मिनेटमा एनआरटीका लागि तेस्रो गोल गरे ।

राष्ट्रिय लिगमा पहिलो खेलमा मछिन्द्र एफसीसँग पराजित भएपछि एनआरटीको यो लगातार चौथो जित हो । एपीएफ र मछिन्द्र समान नै एनआरटीले १२ अंक जोडेको तर एनआरटीले एक खेल बढी खेलेको छ ।

संकटाको भने पाँच खेलमा यो दोस्रो हार हो । ५ खेलबाट ५ अंकसहित संकटा सातौं स्थानमा छ । सुरुवाती तीन खेलमा अपराजित संकटा पछिल्ला दुई खेलमा लगातार पराजित भएको छ ।

दुई खेलाडीलाई रातो कार्ड

तर खेल नतिजामा देखिएको जस्तो मात्र थिए । यस खेलमा दुई खेलाडीले रातो कार्ड पाए । रेफ्रि नविन्द्र महर्जनले रातो कार्ड देखाउँदा खेल तनावपूर्ण पनि बन्यो ।

खेलपछि दुवै टिमका मुख्य प्रशिक्षकले पनि रेफ्रीको निर्णय सहि नभएको प्रतिक्रिया दिएको थियो ।

संकटाका टाय ड्यानिए ब्राडारुले २४औं मिनेटमा रातो (दोहोरो पँहेलो) कार्ड सामना गर्दै मैदान बाहिरिएका थिए । खेलको तेस्रो मिनेटमै पहेँलो कार्ड पाएका उनलाई चाँडै अर्को पहेँलो कार्ड देखाइएको संकटाका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारको आरोप थियो । ‘तेस्रो मिनेटमै रातो कार्ड पाएपछि उसलाई अर्को कार्ड दिनुअघि पार्निङ दिनुपर्थ्यो । तर बाहिरबाट फोर्थ अफिसियलले रेड भने रेफ्रीले रेड कार्ड दिए ।’

यस्तै दोस्रो हाफमा एनआरटीका टिमोथीलाई ८६औं मिनेटमा पहिलो पहँलो कार्ड देखाइएको थियो । त्यसपछि उनले रेफ्रीसँग प्रतिवाद गर्दै विपक्षी खेलाडीहरुसँग भिड्न अघि बढेपछि रेप्रीले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड देखाए ।

टिमोथील रातो कार्ड सामना गरेपछि आफूलाई किन कार्ड देखाइयो भन्दै चिच्याइरहेका थिए । उनला२ टिममेटले सम्झाउँदै मैदान बाहिर पठाएका थिए ।

यस्तै एनआरटीका मुख्य प्रशिक्षक जिवन सिन्केमानले रेफ्रीको निर्णयले टिमलाई घाटा लाग्ने बताए ।

‘रेफ्रीहरुले प्रेसर ह्यान्डल गर्न सक्नुपर्छ ।’

टिमोथीले रातो कार्ड पाएपछि अर्को खेल गुमाउनेछन् । यस्तै मनिष डाँगी पनि इन्जुरीका कारण अहिले खेल्न सकेका छैनन् ।

अन्जन विष्ट एनआरटीको टिम लिस्टमा भएपनि उनको नाम सब्सिच्युटमा मात्र छ । मैदान उत्रिएका छैनन् । महत्वपूर्ण खेलाडीहरु घाइते हुँदा आउने खेलहरुमा कठिन हुने सिन्केमानले बताए ।

यता संकटाका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले अहिले सिस्टममा खेल्ने भन्दा पनि फिजिकल गेम बढी भएको बताए ।

उनले दशरथ रंगशालमा खेल्दा केही सहज हुने भएपनि च्यासल रंगशाला र एन्फा कम्प्लेक्स मेदानमा खेल्ने फिजिकल्ली बलियो टिमले डोमिनेट गर्ने बताए ।

‘खेलाडीहरुसँग सिस्टममा कसरी खेल्ने भन्दा पनि फिजिलकल च्यालेन्ज देखियो । हाम्रो टिम मात्र होइन मैले १७ वटै टिममा सिस्टममा खेल्ने देखिँदैन । खेलाडीले डिफेन्ड गर्दा सिस्टमा भन्दा पनि इन्डिभिडुएल च्यालेन्ज गर्छ ।’

न्युरोड डर्बीको छैन चार्म

एन्फाले सार्वजनिक गरेको अफिसियल म्याच रिपोर्ट अनुसार एनआरटी र संकटाबीचको ‘न्युरोड डर्बी’को खेल हेर्न जम्मा २२५ दर्शक एन्फा कम्प्लेम्समा उपस्थित थिए ।

कुनै बेला एनआरटी र संकटाबीचको खेल हुँदा दर्शकहरुको लाइन लाग्ने प्रसंग अहिले कथा जस्तै बनिसकेको छ । राष्ट्रिय लिगमा दर्शकहरुको न्यु उपस्थित भइरहेको बेला न्युरोड डर्बीले पनि दर्शकलाई मैदानसम्म तान्न सकेन ।

एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले अश दर्शक नहुँदा पनि खेल्ने बानी परिसकेको बताए । ‘साँच्दै भन्दा दर्शकमा बिना खेल्न बानी नै परिसकेको छ । किनभने हाम्रो त्यो खालको वातावरण ने क्रिएट गर्न सकेको छैन, उनले खेलपछि पोष्ट म्याच कन्फेरेन्समा भने, ‘जिल्लाहरुमा छुट्टै माहोल छ । काठमाडौंमा फ्यानहरुमा इन्थुजियाजम छैन । फ्यानहरुमा त्यो खालको संस्कार देखाउन सकेको छैन ।’

फ्यानहरुलाई आकर्षिक गर्नका लागि ग्रासरुटमा जानेदेखि मर्चन्डाइज बनाउनेसम्मको काम गर्नुपर्ने सिन्केमानले बताए । ‘त्यही भएर ग्रासरुटमा युथमा कम्युनिटीमा कसरी इनगज गराउने मर्चेन्डाइजिङ कुरा आउँछ । त्यसले गर्दा फ्यान इनगेजमेन्ट हुने हो । पहिला थ्यो भनेर अहिले हुनै पर्छ भन्ने छैन । किनभने पहिला भएको चिजलाई काम गर्दै जानुपर्‍यो । त्यसमा मेनटेन गर्न सक्नुपर्छ ।’

यस्तै संकटा क्लबका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले विगतमा खेलाडीहरुले क्लबलाई इज्जत गरेर खेल्ने गरेको र अहिले फुटबल व्यावसायिकतातर्फ गएपनि त्यस्तो माहोल नबनिसकेको बताए ।

‘अहिले संकटा क्लबका अफिसियलहरुले पनि हिजोको दिनमा फुटबल खेल्दै गर्दा उहाँहरुले क्लबलाई इज्जतको रुपमा लिनुहुन्थ्यो । जुनसुकै अवस्थामा पनि मरेर खेल्ने,’ उनले भने, ‘अहिले प्रोफेसनल फुटबल विकास भयो तर सेमि प्रोफेसनल भयो । खेलाडीहरुले सेवा सुविधा लिनुपर्ने बेला बेला म प्रोफेसनल हो भन्ने तर आफूले दिने बेला त्यो हुन सकेन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More