― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeअन्तर्राष्ट्रियतकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री – KhabarHost

तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री – KhabarHost



काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् ।

हत्या गरिएका पूर्वप्रधानमन्त्री नेता शिन्जो आबेकी राजनीतिक शिष्य समेत रहेकी तकाइची मंगलबार ४६५ सदस्यीय संसद्‌को तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचित भइन् ।

तेस्रो प्रयासमा प्रधानमन्त्री बनेकी ६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेतृ हुन् । जापानमा उनी ‘आयरन लेडी’  को रूपमा परिचित छिन् ।

तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । यसअघि उनी मन्त्री समेत बनिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत पनि हुन् ।

उनको विजय लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेआईपी)बीच अन्तिम समयमा सोमबार गठबन्धन सम्झौतापछि तकाइचीको जित सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तर दुई दलको गठबन्धन बन्दा पनि पनि संसदमा दुई सिटले बहुमत नपुग्दा राजनीतिक अस्थिरताको जोखिम अझै कायम रहेको विश्लेषकहरू बताउँछन् ।

सानाए तकाइचीले निवर्तमान शिगेरु इशिबालाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री पद सम्हालेकी हुन् ।

जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको अन्त्यसँगै जापानमा नयाँ सरकार गठन  भएको छ ।

यो घटना जापानको राजनीतिक इतिहासमा महिलाको उदयको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

एलडीपीले पछिल्लो ५ वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो ।  यो पार्टीले पछिल्ला वर्षहरूमा धेरै घोटालाको आरोप खेपिरहनु परेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तकाइचीको तारिफ गर्दै भनेका थिए- ‘उनी धेरै सम्मानित र बुद्धिमान नेता हुन् ।’

प्रधानमन्त्री बनेपछि तकाइचीको अगाडि धेरै चुनौतीहरू छन् ।

प्रमुख रूपमा गति लिन नसकेको अर्थ व्यवस्थालाई गति दिन, अमेरिका-जापानबीचको सम्बन्धलाई सुधार गर्न र सत्तारुढ दललाई एकजुट गर्न उनको मुख्य चुनौती रहेका छन् ।

उनले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता, नीति सम्बोधन, र क्षेत्रीय शिखर सम्मेलनहरूमा सहभागिता जनाउने कार्यतालिका तय गरेकी छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More