News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपालमा ड्राइभिङ लाइसेन्स प्रमाणीकरण नहुँदा कुवेत पुगेका नेपाली ड्राइभर समस्यामा परेका छन्।
- यातायात व्यवस्था विभागको सर्भर जलेपछि अनलाइन लाइसेन्स भेरिफिकेसन सम्भव छैन।
- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
३० असोज, काठमाडौं । नेपालमा ड्राइभिङ लाइसेन्सको प्रमाणीकरण (भेरिफिकेसन) नहुँदा ड्राइभर पदमा काम गर्न कुवेत पुगेका नेपाली समस्यामा परेका छन् । कुवेतस्थित नेपाली दूतावासले लाइसेन्स भेरिफिकेसन नगरिदिँदा उनीहरू समस्यामा परेका हुन् ।
जेनजी आन्दोलन क्रममा यातायात व्यवस्था विभागमा समेत आगजानी गरिएको थियो । जसले गर्दा ड्राइभिङ लाइसेन्सको सर्भर समेत जलेको थियो । यसका कारण अनलाइन मार्फत लाइसेन्स हेर्न नमिलेपछि नेपालबाट ड्राइभिङको कामका लागि कुवेत पुगेका श्रमिक समस्यामा परेका हुन् ।
अनलाइन मार्फत भेरिफिकेसन नहुँदा उनीहरू नेपाल फर्किनुपर्ने बाध्यता आएको छ । यो विषयमा म्यानपावर व्यवसायीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निवेदन दिएका थिए । संघको कार्यालयमा ६० भन्दा बढी श्रमिकको लाइसेन्स भेरिफिकेसनमा समस्या आएको भन्दै निवेदन आएको छ ।
सोही आधारमा संघले वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कार्यवाहक महासचिव कुन्छादोर्जे डिम्दोङले विभागका उपमहानिर्देशक तथा निमित्त महानिर्देशक चन्द्रबहादुर सिवाकोटीलाई ध्यानाकर्षणपत्र बुझाउँदै समस्याबारे जानकारी गराएका छन् ।
विभागबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई कुवेतमा नेपाली दूतावासले सवारी चालक भेरिफिकेसन लेटर नदिएको डिम्दोङको भनाइ छ ।
यातायात व्यवस्था विभागले वैकल्पिक व्यवस्था नगरेसम्म कामदार स्वयमंलाई जिम्मेवार बनाइ नेपालको श्रम स्वीकृति चेक गरी दूतावासबाट भेरिफिकेसन लेटर दिलाउने व्यवस्था गर्न माग गरेको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

