― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsडेढ अर्बमा बिक्री हुँदै सुनको ट्वाइलेट ! – KhabarHost

डेढ अर्बमा बिक्री हुँदै सुनको ट्वाइलेट ! – KhabarHost



एउटा ट्वाइलेट सीट पछिल्ला दिनमा चर्चामा छ । किनकि यसको मूल्य करीब डेढ अर्ब रुपैयाँ तोकिएको छ ।

पत्याउनै नसकिने यो समाचार इटालीको हो ।

त्यहाँका चर्चित कलाकार मोरिजियो क्याटलनको १८ क्यारेट सुनबाट बनेको ट्वाइलेट आगामी १८ नोभेम्बरमा न्युयोर्कस्थित सोटबीमा लिलाम गरिँदैछ ।

विशेष कलाकारिता प्रयोग गरी बनाइएको भनिएको उक्त ट्वाइलेट सीटको वजन २ सय २३ पाउण्ड छ ।

उक्त वस्तुको सुरुवाती बोली नै १ करोड डलर राखिएको छ । लिलाम बढाबढमा त्यसभन्दा उच्च बोली लाग्ने अपेक्षा सोटबीले गरेको छ ।

सुनको सिंहासनवाला अनुभूति प्रदान गर्ने उक्त ट्वाइलेट सीट आगामी नोभेम्बर ८ मा सोटबीको नयाँ मुख्यालय ब्रेउर बिल्डिंगको बाथरुममा प्रदर्शित गरिनेछ । त्यहाँ आगन्तुकहरूलाई उक्त ट्वाइलेट सीट हेर्ने मौका मिल्नेछ ।

त्यसअघि सो ट्वाइलेट सीटलाई गगनहाइम म्युजियममा सन् २०१६ मा आम मानिसहरूका लागि प्रदर्शनमा राखिएको थियो ।

आयोजकहरूको तर्फबाट बताइए अनुसार सो ट्वाइलेट सीटमा कोहीपनि बस्न पाउने छैनन् । सोटबीका विज्ञ डेभिड ग्याल्परिनले भनेका छन्- हामी चाहँदैनौँ कि मानिसहरू कुनै कलाकृतिमाथि बसुन् ।

उनले यो कलाकृतिलाई एक विरोधाभाषी सामाजिक टिप्पणीको रूपमा बनाएका थिए र त्यसको नाम अमेरिका राखेका थिए ।

साथै उनले भनेका थिए कि उनी केही अनमोल चिजलाई सबैभन्दा कम महान तथा सबैभन्दा आवश्यक स्थानमा राख्न चाहन्छन् ।

उक्त सुनको ट्वाइलेट सन् २०१६ मा न्युयोर्कको गगनहाइम म्युजियममा पहिलोपटक प्रदर्शन गरिएको थियो ।

कतिपय आलोचकहरूले यसको तुलना दादा आन्दोलनका कलाकार मार्सेल डुशान्पको सन् १९१७ को पोर्सेलिन युरिनल फाउन्टेनसँग गरेका थिए । त्यसलाई हेर्न र प्रयोग गर्नका लागि करिब १ लाख मानिसको लाइन लागेको थियो ।

स्मरण रहोस् यसअघि सोसल मिडियामा एउटा केराको तस्वीर भाइरल बनेको थियो । टेपले भित्तामा टाँसिएको उक्त केराको कलाकृति पनि ट्वाइलेट कलाकारले नै बनाएका थिए । उक्त केरा ६० लाख डलरमा बिक्री भएको थियो । एजेन्सी

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More