― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
Homeविजनेस‘डेडिकेटेड’ विवादमा विद्युत् नियमन आयोग गए दुई उद्योग

‘डेडिकेटेड’ विवादमा विद्युत् नियमन आयोग गए दुई उद्योग


राष्ट्रिय

समाचार.

  • पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा बक्यौता रकमको ५ प्रतिशत सेवा शुल्क बुझाएर विद्युत् नियमन आयोगमा उजुरी दिएका छन्।
  • विद्युत् नियमन आयोगले ६ साउन २०८१ मा विवाद समाधान नभएसम्म विद्युत् विच्छेद गैरकानुनी हुने निर्णय गरेको थियो।
  • १४ कात्तिक २०८१ मा आयोगले प्राधिकरणलाई बक्यौता विद्युत् महसुल किस्ताबन्दीमा भुक्तानी गर्न र भुक्तानीपछि तत्काल लाइन जोड्न निर्देशन दिएको छ।

१७ कात्तिक, काठमाडौं । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा दुई उद्योगले विद्युत् नियमन आयोगमा उजुरी दिएका छन् ।

पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले बक्यौता रकमको ५ प्रतिशत सेवा शुल्क बुझाएर आयोगमा उजुरी दिएको आयोगका सचिव तथा प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए ।

बक्यौता विवादमा नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी रूपमा महसुल असुल गर्न खोजेको र विद्युत् लाइन काटेकाले त्यो कार्य रोकी पाउँ भन्दै पञ्चकन्या समूहका दुई उद्योगले आयोगमा निवेदन दिएको सचिव सिंहले बताए ।

यसअघि गत वर्ष पनि उद्योगीले आयोगमा उजुरी हालेका थिए । त्यसबेला आयोगले दुई मितिमा फरक–फरक निर्णय गरेको थियो ।

६ उद्योगले गैरकानुनी रूपमा विद्युत् प्राधिकरणले लाइन काटेको भन्दै आयोगमा उजुरी दिएपछि ६ साउन २०८१ मा आयोगले विद्युत् वितरणकर्ता र ग्राहकबीच विवाद भएको अवस्थामा विवाद समाधान हुनुभन्दा अघि विद्युत् विच्छेद गर्नु गैरकानुनी हुने निर्णय गरेको थियो ।

त्यसो हुँदा त्यसबेला विद्युत् काटिएका ६ उद्योगमा तत्काल लाइन जोडिदिन आयोगले विद्युत् प्राधिकरणलाई निर्देशन समेत दिएको थियो ।

त्यसपछि १४ कात्तिकमा प्राधिकरणलाई अर्को पत्र लेखेर बक्यौता तिरेपछि मात्रै लाइन जोडिदिनू भन्दै आफ्नो अघिल्लो निर्णय विपरीत आयोगले आदेश दिएको थियो ।

त्यसअघि साउनमा उजुरी दिएका उद्योगले बुझाउनुपर्ने ५ प्रतिशत शेवाशुल्क नबुझाएकाले त्यो कानूनी प्रक्रियामा प्रवेश नगरेको र पछि आयोगले विपरीत निर्णय गरेको त्यसबेला आयोग पदाधिकारीले बताएका थिए ।

तर, यसपटक पञ्चकन्या ग्रूपअन्तर्गतका दुई उद्योगहरु ५ प्रतिशत सेवा शुल्कसमेत बुझाएर आयोगमा उजुरी लिएर गएका छन् ।

आयोगमा उनीहरूको उजुरी शुक्रबार नै दर्ता भएको हो । तर, उनीहरूले पेस गरेका कागजपत्र अध्ययन भइरहेको र प्रक्रिया पुगेको पाइए आज बल्ल दर्ता हुने आयोगका सचिव सिंहले बताए ।

‘दुई उद्योग विवादित बक्यौता रकमको ५ प्रतिशत सेवा शुल्क बुझाएर आयोगमा निवेदन लिएर आएका छन्,’ उनले भने, ‘त्यो निवेदनको रीत पुगे/नपुगेको हामी हेरिरहेका छौं, रीत पुगेको पाइए आजै दर्ता गरी प्रक्रियामा लग्ने छौं ।’

‘तर, निवेदन दर्ता गर्न नै तीन दिन लाग्ने हो र ?’ भन्ने प्रश्नमा उनले आयोगका लागि यस किसिमको निवेदन पहिलो पटक आएकाले प्रक्रियामा समय लागेको दाबी गरे ।

‘सुरुमा अध्यक्षज्यूकहाँ निवेदन पुगेको रहेछ, उहाँले अध्ययन गरी प्रक्रिया अघि बढाउनका लागि मकहाँ पठाउनुभएको छ, आज यसलाई टुंग्याउँछौं,’ उनले भने ।

आयोगमा उजुरी दर्ता भएपछि विपक्षीलाई प्रत्युत्तरका लागि लेखी पठाउने लगायत प्रक्रियामा प्रवेश गर्ने उनले बताए ।

६ साउनमा नियमन आयोगले आयोगको उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका २०८० को दफा १३ बमोजिम ग्राहकले गुनासो गरेकाले त्यसका आधारमा लाइन जोडिदिन लिखित निर्देशन दिएको थियो ।

तर, १४ कात्तिक २०८१ मा आयोगले ६ साउनको निर्णय संशोधन नै नगरी त्यस विपरीत निर्देशन दियो । सोही दिन आयोगले प्राधिकरणलाई पत्र लेखी डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल  विद्युत् प्राधिकरणले तोकिदिए बमोजिम किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने बताएको थियो ।

‘नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१/१/२७ को निर्णयमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता विद्युत् महसुलका हकमा मात्र सम्बन्धित उपभोक्ताबाट आवधिक रूपमा असुल र फरफारक गर्ने गरी तहाँ प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएका कारणबाट लाइन काटेको भए तापनि सम्बन्धित ग्राहकले त्यस्तो आवधिक रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिने,’ आयोगले त्यस दिन गरेको निर्णयमा उल्लेख छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More