― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsडिजल र मट्टीतेलको मूल्य बढ्यो – KhabarHost

डिजल र मट्टीतेलको मूल्य बढ्यो – KhabarHost



१७ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।

बढेपछि कायम हुने नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्ग समूहमा पर्ने क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १३६ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग समूहका क्षेत्रमा १३८ रुपैयाँ र तेस्रो वर्ग समूहका क्षेत्रमा १३९ रुपैयाँ ५० पैसा पुगेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् ।

दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ ।

अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।





Read More