― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsडा. भगवान कोइरालाको नेतृत्वमा बनेको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा

डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा



१३ पुस, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा आएको छ ।

बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)ले आइतबारबाट ओपीडी सेवा सञ्चालन गरेको हो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा रहेको बाल अस्पतालमा दुई हप्ता भित्र इन्डोर सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

उक्त अस्पतालमा बालरोगका विशेषज्ञ डाक्टरहरूबाट परामर्श सेवा, एक्स-रे, ईसीजी, इको, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षण लगायतका सबै डायग्नोस्टिक सुविधाहरू उपलब्ध गराइएको डा. कोइरालाले जानकारी दिए ।

अस्पतालमा हाल ५० भन्दा बढी बेडको व्यवस्था गरिएको छ । ६ महिनाभित्र अस्पताललाई १०० बेडमा विस्तार गर्ने र एक वर्ष भित्र २०० बेडको अस्पताल बनाउने लक्ष्य लिइएको उनले बताए ।

डा. कोइरालाले काठमाडौंमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने महत्वाकांक्षी योजना अघि बढाएका छन् ।

जसअन्तर्गत स्याटेलाइट सेन्टरको रूपमा पहिलो पटक कोशी प्रदेशको दमक नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको भवनबाट बाल अस्पताल सञ्चालनमा आइसकेको छ ।

केन्द्रीयस्तरमा काठमाडौंमा २०० बेडको अस्पताल र अन्य प्रदेशमा आवश्यकताअनुसार ५० देखि १०० बेडको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ ।

स्याटेलाइट सेन्टरहरूमा पनि आईसीयू, एनआईसीयू, पीआईसीयू, जनरल केयर र सर्जिकल केयर सुविधा उपलब्ध हुने छन् । अत्यन्त जटिल र मल्टिस्पेसियालिटी सेवा चाहिने बिरामीहरूलाई काठमाडौंको केन्द्रीय अस्पतालबाट उपचार उपलब्ध गराइने व्यवस्था छ ।

काठमाडौं र झापाका दुई अस्पताललाई मोडलको रूपमा स्थापित गर्न सकेमा अन्य प्रदेशमा बाल अस्पताल फैलाउँदै जाने उनको लक्ष्य छ ।

किन आवश्यक छ बाल अस्पताल ?

नेपालको कूल जनसंख्याको ४० प्रतिशत अर्थात् करिब १ करोड २० लाख जना १८ वर्षभन्दा मुनिका छन् । तर ती बालबालिकाको उपचार गर्न सरकारी स्तरमा एक मात्र कान्ति बाल अस्पताल छ, जहाँ विशिष्टीकृत बाल रोग सेवा प्रभावकारी छैन ।

विकसित देशमा युवा र बालबालिकाको लागि छुट्टै अस्पताल हुनुपर्ने मान्यता विकसित भइसकेको छ । नेपालमा बालबालिका बिरामी पर्दा सम्पूर्ण रोगको उपचार एउटै छानामुनि हुनसक्ने विशिष्टीकृत स्वास्थ्य संस्थाको अभाव छ ।

‘बालबालिकाको उपचार युवालाई गर्ने तरिकाले हुँदैन। युवाको उपचार गर्ने चिकित्सकले कतिपय प्राविधिक कुरा गर्न सक्लान् । तर समष्टिगत कुरामा बालबालिकाको केयरका लागि डेडिकेटेड टिम नै चाहिन्छ,’ डा. कोइराला भन्छन् ।

बाल मृत्युदर घटाउने संकल्प

नेपालमा जन्मिएको पाँच वर्ष नपुग्दै उपचार अभावमा प्रतिहजार ३० जना शिशुको ज्यान जान्छ । डा. भगवानको विश्वास छ– ठिकसँग उपचार दिन सके अधिकांश बालबालिकालाई जोगाउन सकिन्छ।

मुलुकभर ६०० को हाराहारीमा बालरोग विशेषज्ञ कार्यरत छन्, तर ती अधिकांश काठमाडौं तथा शहर केन्द्रित नै छन् । बालबालिकाको विभागत विशेषज्ञ त औंलामा गन्न सकिन्छ। दुर्गम क्षेत्रका बालबालिकामा जटिल रोगको उपचार एमडीजीपी गरेका चिकित्सकले गरिरहेका छन् वा उपचारविना नै मृत्युवरण गरिरहेका छन् ।

‘एक दिन बाल मृत्युलाई घटाएरै छोड्ने छौं । कोही कसैले उपचार वा पैसाको अभावमा मृत्यु हुनु नपरोस्,’ डा. कोइराला भन्छन् ।

अस्पतालले गरिबीको रेखामुनिका परिवारका बालबालिकालाई निःशुल्क उपचार उपलब्ध गराउने नीति लिएको छ ।

‘उपचार शुल्क तिर्न नसक्ने बिरामीलाई सेवा निःशुल्क दिने र तिर्न सक्नेसँग लिने हो । शुल्क तिर्दा पनि सरकारी अस्पतालभन्दा महँगो हुँदैन,’ डा. कोइराला थप्छन् ।

अधिकांश बाल समस्या तल्लो स्तरमै समाधान गरिने र जटिल केसलाई मात्र काठमाडौंको केन्द्रीय अस्पताल रेफर गर्ने मोडलको रूपमा विस्तार गरेको उनी बताउँछन् ।

यसले बालबालिकाको स्वास्थ्य सेवामा गुणस्तरीय र पहुँचयोग्य सेवा सुनिश्चित गर्ने विश्वास लिइएको छ।

झन्डै तीन दशकभन्दा लामो समय मुटु सर्जनको रूपमा काम गरिसकेका डा. कोइरालाले बालबालिकाको स्वास्थ्यमा परिर्वतन ल्याएर छोड्ने ठूलो जोखिम लिएका छन् ।

उनको दृढ संकल्प छ, ‘१० वर्ष भित्रमा सबै प्रदेशमा बालअस्पताल सञ्चालन गर्छु ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More