― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsट्राईनेसन्स महिला फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक

ट्राईनेसन्स महिला फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक


राष्ट्रिय

समाचार.

  • इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल हुनेछ।
  • नेपाली महिला फुटबल टिमका प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गर्नुभएको छ।
  • टीममा बिर्सना चौधरी, नेहा कुमारी चौधरी, लिला जोशी र अनिता लम्जेल नयाँ खेलाडी थपिएका छन्।

१९ कात्तिक, काठमाडौं । इन्डोनेसियामा हुने ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक भएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

केही समयअघि भारतमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलेको टिममा चार नयाँ खेलाडी थप गर्दै प्रारम्भिक टोली सार्वजनिक गरिएको हो ।

थपिएको खेलाडीमा बिर्सना चौधरी, नेहा कुमारी चौधरी, लिला जोशी र अनिता लम्जेल छन् ।

नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति ट्राईनेसन्स महिला मैत्रीपूर्ण फुटबल आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म  इन्डोनेसियामा हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More