― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

HomeLatest newsट्रम्पले जेलेन्स्कीलाई दिएनन् लामो दूरीको मिसाइल, रुस-युक्रेन दुवैलाई युद्ध रोक्न अपिल

ट्रम्पले जेलेन्स्कीलाई दिएनन् लामो दूरीको मिसाइल, रुस-युक्रेन दुवैलाई युद्ध रोक्न अपिल



१ कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। उक्त बैठकको मुख्य विषय रूस–युक्रेन युद्ध थियो ।

यो भेटमा जेलेन्स्कीले अमेरिकासँग टोमहोक क्रूज़ मिसाइल मागे पनि उनी खाली हात फर्किनुपरेको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली (Air Defense) बलियो बनाउन निरन्तर जोड दिँदै आएका छन्।

टोमहोक क्रूज़ मिसाइल अमेरिकाद्वारा विकसित गरिएको एक अत्याधुनिक लङ्ग-रेन्ज (लामो दूरीको) सटीक–प्रहार गर्न सक्ने मिसाइल हो। यो जमिन वा पानी दुवै स्थानबाट प्रक्षेपण गर्न सकिन्छ र यसको दायरा करिब १ हजार ६०० किलोमिटर (१,००० माइल) भन्दा बढी हुन्छ। यो मिसाइलले लक्ष्यलाई अत्यन्त सटीक रूपमा प्रहार गर्न सक्छ, त्यसैले यो युद्धमा रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हतियार मानिन्छ।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्प अहिलेका लागि युक्रेनलाई टोमहोक मिसाइल दिने पक्षमा छैनन्, तर भविष्यमा यस्तो सम्भावनालाई पूर्ण रूपमा नकारेका पनि छैनन्।

ट्रम्पले भनेका छन्, ‘आशा छ, उनीहरूलाई यसको आवश्यकता पर्दैन। हामी टोमहोकबारे सोच्नुपर्ने अवस्था आउनु अघि नै युद्ध अन्त्य गर्न सफल हुने आशा गर्छौं।’

उनका अनुसार, मिसाइल पठाउनु ‘तनाव बढाउने कदम’ हुन सक्छ, तर यसबारे छलफल गर्न सकिने उनले बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँग लामो दूरीका मिसाइलहरूबारे कुराकानी भएको बताएका छन् । ‘तर यस विषयमा सार्वजनिक रूपमा केही नबोल्ने निर्णय गरिएको छ, किनभने अमेरिका तनाव बढाउन चाहँदैन’, जेलेन्स्कीले भने।

दुवै नेताको भेटपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत रूस र युक्रेन दुवैलाई युद्ध रोक्न अपिल गरेका छन्।‌ उनले भनेका छन्,  ‘जहाँ छन्, त्यहीँ रोकिउन् र युद्ध अन्त्य गरुन् ।’

यसको एक दिनअघि ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनवार्ता भएको थियो। दुवै नेताले अब हंगेरीमा भेट्ने सहमति जनाएका छन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More