― Advertisement ―

Nvidia ईन्जिनियरहरूले कथित रूपमा AI मद्दतको साथ तीन गुणा बढी कोड मन्थन गर्छन्, तर उद्योग पर्यवेक्षकहरूले चेतावनी दिन्छ कि लाइनहरू बराबर मान्दैनन्।

कर्सरले Nvidia ईन्जिनियरहरू भन्दा तीन गुणा बढी कोड रिपोर्ट गर्छ अघिNvidia ले आउटपुटमा रिपोर्ट गरिएको बृद्धिको बावजुद दोष दरहरू समान रह्यो भन्ने कुरा राख्छAI-सहयोगी...
HomeLatest newsटीभीएसको अन्तर्राष्ट्रिय रेसिङ ‘एआरई जीपी’ नेपालमा सम्पन्न

टीभीएसको अन्तर्राष्ट्रिय रेसिङ ‘एआरई जीपी’ नेपालमा सम्पन्न


राष्ट्रिय

समाचार.

  • टीभीएस मोटरले नेपालमा ‘अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी)’ को पहिलो संस्करण सम्पन्न गरेको छ।
  • प्रतियोगितामा ६० भन्दा बढी राइडरले तीन श्रेणीमा १० चुनौतीपूर्ण मोडहरू भएको ट्रयाकमा प्रतिस्पर्धा गरेका थिए।
  • विजेताहरूलाई भारतको चेन्नईमा फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर र नगद पुरस्कार प्रदान गरिएको छ।

७ माघ, काठमाडौं । दुई र तीन पांग्रे सवारी साधन उत्पादन कम्पनी टीभीएस मोटरले नेपालमा ‘अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी)को पहिलो संस्करण सम्पन्न गरेको छ ।

यो कार्यक्रम टीभीएस अपाचे सिरिजको २० वर्षे यात्राको महत्त्वपूर्ण उपलब्धी रहेको कम्पनीले जनाएको छ । नेपालको पहिलो छनोट चरण सातुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना भएको थियो । ६० भन्दा बढी राइडर सहभागी भए भने ३०० भन्दा बढी दर्शक तथा मोटरस्पोर्ट्स पारखीहरूको उत्साहजनक उपस्थिति रह्यो ।

कार्यक्रमले सहभागी राइडरहरूलाई सुरक्षित तथा रोमाञ्चक वातावरणमा व्यावसायिक रेसिङको तालिम लिन, प्रतिस्पर्धा गर्न र रेसिङ अनुभव गर्न अवसर प्रदान गर्‍यो ।

सहभागीहरूलाई टीभीएस रेसिङ च्याम्पियनहरूद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । नेपालमा आयोजित यस प्रतिस्पर्धामा ६० भन्दा बढी राइडरहरूले १० वटा चुनौतीपूर्ण मोडहरू भएको व्यावसायिक रूपमा डिजाइन गरिएको ट्रयाकमा प्रतिस्पर्धा गरे, उनीहरूको प्रदर्शन ल्याप टाइमका आधारमा मूल्यांकन गरिएको थियो ।

‘च्याम्पियनसिप १६० सीसी, २०० सीसी र ३१० सीसी गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘यसले विभिन्न सेग्मेन्टका राइडरहरूलाई समान अवसरमा आफ्नो रेसिङ सिप परीक्षणको मौका मिल्यो ।’

साथै उनीहरूलाई भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान भएको छ । साथै २५ हजार रुपैयाँ नगद पुरस्कार तथा टीभीएस मोटरका विशेष राइडिङ गियरहरू पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । छनोट चरणका विजेताहरू अब अप्रिल २०२६ मा आयोजना हुने टीभीएस एआरई जीपी ग्रान्ड फाइनलतर्फ अघि बढ्नेछन् ।

‘सन् २००७ मा सुरु गरिएको टीभीएस रेसिङ एआरई जीपी च्याम्पियनसिप अपाचे राइडरहरूका लागि मनोरञ्जन, सिकाइ र प्रतिस्पर्धाको संगमका रूपमा स्थापित भएको छ’ कम्पनीले भनेको छ ‘सन् २०२५ मा यो च्याम्पियनसिप नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरहरूमा विस्तार भई विश्वभर १ हजार भन्दा बढी अपाचे राइडरहरूलाई समेट्न सफल भएको थियो ।’

श्रेणीअनुसार १६० सीसीमा सुजन थापा मगर विजेता भएका छन् भने विवेक पाण्डे पहिलो उपविजेता र प्रशान्त सुतीहार दोस्रो उपविजेता बने । २०० सीसी श्रेणीमा, अभिनव राज मल्ल विजेता बने भने निमेष ठकुरी पहिलो उपविजेता र मिलन छुश्याबागा दोस्रो उपविजेता घोषित भए । ३१० सीसी श्रेणीमा, दिलिप दनुवार विजेता बने । राम विक्रम थापा पहिलो उपविजेता र श्रीतेश थापा दोस्रो उपविजेता बने ।





Read More