― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
HomeLatest newsटी–२० विश्वकपका लागि श्रीलंकाको अन्तिम १५ सदस्यीय टोली सार्वजनिक

टी–२० विश्वकपका लागि श्रीलंकाको अन्तिम १५ सदस्यीय टोली सार्वजनिक


राष्ट्रिय

समाचार.

  • श्रीलंकाले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गरेको छ।
  • टोलीको कप्तानी अलराउन्डर दसुन शनाकाले गर्नेछन् र उनी डिसेम्बरमा प्रारम्भिक टोलीमै कप्तान घोषित भइसकेका थिए।
  • श्रीलंकाको पहिलो खेल फेब्रुअरी ८ मा आयरल्यान्डविरुद्ध हुनेछ र समूहमा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान र जिम्बाबे रहेका छन्।

१९ माघ, काठमाडौं । श्रीलंकाले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गरेको छ ।

टोलीको कप्तानी अलराउन्डर दसुन शनाकाले गर्नेछन् । उनी यसअघि डिसेम्बरमा सार्वजनिक भएको प्रारम्भिक टोलीमै कप्तान घोषित भइसकेका थिए ।

टोलीमा पथुम निसान्का, कुसल मेन्डिस, कुसल पेरेरा र चरिथ असलंकाजस्ता अनुभवी खेलाडीहरू समावेश छन् । कामिन्दु मेन्डिसले टोलीमा पुनरागमन गरेका छन् । उनी इंग्ल्यान्डविरुद्धको सिरिजबाट बाहिरिए पनि यस पटक धनञ्जय डि सिल्भाको स्थानमा टोलीमा परेका हुन् । पेस बलर प्रमोद मदुशन भने टोलीबाट बाहिरिएका छन् ।

बलिङतर्फ मथिशा पथिराना नेतृत्वमा रहने पेस आक्रमणमा दुश्मन्था चमीरा र इशान मालिंगा रहेका छन् । बाँकी टोली इंग्ल्यान्डविरुद्ध टी-२०आई खेलेको टोलीसँग धेरै हदसम्म मिल्दोजुल्दो छ ।

सन् २०१४ का च्याम्पियन टोली श्रीलंकाले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा आयरल्यान्डविरुद्ध खेल्नेछ । यो समूहमा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान र जिम्बाबे रहेका छन् ।

श्रीलंकाको टोली : दसुन शनाका (कप्तान), पथुम निसान्का, कामिल मिशारा, कुसल मेन्डिस, कामिन्दु मेन्डिस, कुसल पेरेरा, चरिथ असलंका, जनिथ लियानागे, पवन रथनायके, वानिन्दु हसरंगा, दुनिथ वेल्लालागे, महिश थिक्साना, दुश्मन्था चमीरा, मथिशा पथिराना र इशान मालिंगा।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More