राष्ट्रिय
समाचार.
- अस्ट्रेलियाले टी–२० विश्वकप तयारीका लागि पाकिस्तान भ्रमणका लागि १७ सदस्यीय टोली घोषणा गरेको छ।
- प्याक कमिन्स, जोस हेजलवुड र टिम डेभिडलाई आराम दिइएको छ र उनीहरू विश्वकपअघि श्रीलंका जानेछन्।
- नयाँ युवा खेलाडी माहली बर्डम्यान, ज्याक एडवार्ड्स र म्याथ्यु रेन्शलाई टोलीमा समावेश गरिएको छ।
५ माघ, काठमाडौं । अस्ट्रेलियाले टी–२० विश्वकपको तयारीस्वरूप पाकिस्तान भ्रमणका लागि १७ सदस्यीय टोली घोषणा गरेको छ। पाकिस्तानसँग लाहोरमा तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेलिनेछ।
चोटबाट रिकभर गरिरहेका प्याट कमिन्स, जोस हेजलवुड र टिम डेभिडलाई यस शृंखलाबाट आराम दिइएको छ। उनीहरू विश्वकपअघि फिटनेसमा ध्यान दिन सिधै श्रीलंका पुग्नेछन्। त्यस्तै, ग्लेन म्याक्सवेल र नेथन एलिस पनि आराममा हुनेछन् ।
बिग ब्यास लिग (बीबीएल) मा राम्रो प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई टोलीमा अवसर दिइएको छ। पर्थ स्कोर्चर्सका युवा फास्ट बलर माहली बर्डम्यान र सिड्नी सिक्सर्सका अलराउन्डर ज्याक एडवार्ड्स पहिलो पटक टी–२० आई टोलीमा समेटिएका छन्। दुवैले यसअघि अस्ट्रेलियाको टोलीसँग प्रशिक्षण गरिसकेका थिए।
ब्रिसबेन हिटका ब्याटर म्याथ्यु रेन्शलाई पनि टी–२० डेब्यु गर्ने मौका मिल्न सक्नेछ। उनले पछिल्ला बिग ब्यास सिजनमा प्रभावशाली प्रदर्शन गरेका छन्।
चयनकर्ताले विश्वकपका लागि नजिक रहेका र युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले विस्तारित टोली घोषणा गरिएको बताएका छन्।
बिग ब्यास फाइनलमा सहभागी खेलाडीहरू आफ्नो टोलीको यात्रा सकिएपछि पाकिस्तान पुग्नेछन्।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

