― Advertisement ―

नयाँ नियामक प्रस्तावहरू पछ्याउँदै टर्कीमा प्रोटोन VPN प्रयोग स्पाइक

Turkeys प्रि-लिसिङ सिस्टम र VNP पार गर्दै हिंसात्मक सामग्रीमा नाबालिगहरूको पहुँचलाई प्रतिबन्धित गर्न मोबाइल "चाइल्ड लाइन"।सान्लिउर्फा र कहरामनमारासमा लगातार विद्यालय आक्रमणहरूपछि नियामक सुधार।प्रोटोन VPN...
HomeLatest newsझापामा आगलागीबाट एक करोड ३० लाख रुपैयाँ बराबरको क्षति

झापामा आगलागीबाट एक करोड ३० लाख रुपैयाँ बराबरको क्षति


प्रतीकात्मक तस्वीर



२५ पुस, झापा । झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउट घरमा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छभने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँदा घरभित्र रहेका सम्पूर्ण सामान जलेका प्रवक्ता खड्काले बताए ।

आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाका बारुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट उद्योग र घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More