― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeराष्ट्रिय समाचारझलनाथ खनाल – KhabarHost

झलनाथ खनाल – KhabarHost



१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले कहिले पनि पार्टी फुटोस् भन्ने नचाहेको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले पार्टीभित्र केही केही कुरा पसेका कराणले पार्टी फुटेको जिकिर गरे ।

‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं,’ खनालले भने, ‘तर पार्टीभित्र केही केही कुरा पसे । त्यसले पार्टी फुटेको छ । जे पसेको छ । त्यसलाई निकालेर फ्याँक्नुपर्‍यो । त्यसकारण हामीले नयाँ संकल्प गरेर अघि बढ्नुपर्नेछ ।’

उनले कम्युनिस्ट एकतालाई कसैले जलाउन र टुटाउन नसक्ने बताए ।

उनले आफूले प्रचण्डसँग केही कुरा भनेको र त्यो मिलाउने प्रतिबद्धता भएपछि मात्रै एकता सभामा आएको बताए ।

‘मैले प्रचण्डलाई केही कुरा भनेको छ । कमरेड प्रचण्डलाई मैले त्यो भनिसकेको छु,’ खनालले भने, ‘हामी त्यो कुराहरू मिलाउँछौं भनेर प्रतिबद्धता उहाँले गर्नुभएको छ ।’

सिंगो राष्ट्रको एकता, नेपालको एकता राष्ट्रको आवश्यकता रहेको उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More