― Advertisement ―

Cthulhu: The Cosmic Abyss एउटा उत्कृष्ट, वायुमण्डलीय लभक्राफ्टियन खेल हो – तर एउटा निराशाजनक विशेषताले मलाई राम्रोको लागि रिस उठाउन सक्छ।

म लभक्राफ्टका सबै चीजहरूको ठूलो प्रशंसक हुँ, त्यसैले म Cthulhu: The Cosmic Abyss पत्ता लगाउन निकै उत्साहित थिएँ। मेरो सबै समयको मनपर्ने डरावनी खेलहरू...
HomeLatest newsजोई साल्दाना बनिन् धेरै कमाउने फिल्म कलाकार, बक्सअफिस कमाइ १६.८ अर्ब डलर

जोई साल्दाना बनिन् धेरै कमाउने फिल्म कलाकार, बक्सअफिस कमाइ १६.८ अर्ब डलर


राष्ट्रिय

समाचार.

  • जोई साल्दानाले ‘अवतार : फायर एन्ड एश’ को सफलताका कारण सबैभन्दा बढी कमाइ गर्ने हलिउड अभिनेत्री बनेकी छन्।
  • उनले बक्सअफिसमा १६.८ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै स्कारलेट जोहानसनलाई पछि पारेकी छन्।
  • साल्दानाले सन् २००९ को ‘अवतार’ र सन् २०२२ को ‘अवतार : द वे अफ वाटर’ मा नेयतिरीको भूमिका निर्वाह गरेकी थिइन्।

काठमाडौं । जोई साल्दाना सबैभन्दा बढी कमाइ गर्ने हलिउड अभिनेत्री बनेकी छन् । जेम्स क्यामरुनको फिल्म ‘अवतार : फायर एन्ड एश’ को सफलताका कारण उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

यससँगै उनले स्कारलेट जोहानसनलाई पछि पार्दै नयाँ कीर्तिमान कायम गरेकी छन् ।

साल्दानाले क्यामरुनको ‘अवतार’ युनिभर्समा प्रमुख भूमिकामध्ये एक निर्वाह गरेकी छन् । हालै प्रदर्शनमा आएको ‘अवतार ३’ को सफलतासँगै उनले बक्सअफिसमा यो कीर्तिमान हासिल गरेकी हुन् ।

उक्त फिल्मले विश्वभर १.२३ अर्ब अमेरिकी डलर कमाइ गरेको छ ।

साल्दानाले सन् २००९ मा रिलिज भएको ‘अवतार’ मा नेयतिरीको भूमिका निर्वाह गरेकी थिइन्, जुन हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो । त्यसपछि उनले सन् २०२२ मा ‘अवतार : द वे अफ वाटर’ मा पनि यही भूमिका पुनः निर्वाह गरेकी थिइन् ।

स्क्रिन र्‍यान्टका अनुसार, आफ्नो पछिल्लो ब्लकबस्टर फिल्मको सफलतासँगै साल्दानाले बक्सअफिसमा १६.८ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै मार्वल सिनेम्याटिक युनिभर्सकी सह-अभिनेत्री स्कारलेट जोहानसनलाई उछिनेकी हुन् ।

यसअघि ‘जुरासिक वर्ल्ड : रिबर्थ’ को प्रदर्शनपछि स्कारलेट जोहानसन १६.४ अर्ब अमेरिकी डलर कमाइका साथ पहिलो स्थानमा पुगेकी थिइन् । शीर्ष पाँचमा पर्ने अन्य कलाकारमा जोई र स्कारलेटका मार्वल सिनेम्याटिक युनिभर्सका सह-अभिनेताहरू सामुएल एल. ज्याक्सन, रोबर्ट डाउनी जुनियर र क्रिस प्राट रहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More