― Advertisement ―

प्राइम डे छुट्यो? अमेजनमा रोबोट भ्याकुम सम्झौताहरू अझै बलियो भइरहेका छन्, मूल्यहरू मात्र AU $ 299 बाट

<a data-analytics-id="inline-link" href="https://www.techradar.com/amazon-prime-day/new-prime-day-deals" data-url="https://www.techradar.com/amazon-prime-day/new-prime-day-deals" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/au/amazon-prime-day-deals" अस्ट्रेलियामा 2026 ले गत हप्ता (र यो हप्ताको सुरुमा पनि) आफ्नो उत्पादन पोर्टफोलियोमा छुटको लहर थियो, र...
HomeLatest newsजेनजीहरूलाई माधव नेपालको अपिल- आउनुहोस्, हातेमालो गरौं

जेनजीहरूलाई माधव नेपालको अपिल- आउनुहोस्, हातेमालो गरौं



१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन् ।

बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् ।

आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेनजी युवाहरूलाई पार्टीमा प्रवेश गराएको उल्लेख गर्दै उनले अरुलाई पनि पार्टीमा आउन भनेका हुन् ।

‘आजमात्रै जेनजी पुस्ताका वार्तामा रहेकाहरूमध्ये युवाहरूलाई पार्टीमा प्रवेश गराएका छौं । अरु जेनजी साथीहरूलाई पनि भन्न चाहन्छु, आउनुस्, हामीसँग हातेमालो गर्दै अघि बढ्नुस्,’ उनले भने ।

सुशासनको पक्षमा, भ्रष्टाचारको अन्त्य, समाजवादको दिशामा अघि बढ्नका लागि हातमा हात मिलाएर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

‘सुशासनको पक्षमा होस् वा भ्रष्टाचार नियन्त्रणको हुरा होस् । समाजवादको दिशामा अघि बढ्ने कुरा होस् । समाजमा रहेका विकृति विसंगतिका विरुद्धमा जुध्ने कुरा होस् । यी सबै कुरामा तपाईंहरूसँग हामी हातमा हात मिलाएर अघि बढ्न चाहन्छौं,’ अध्यक्ष नेपालले भने ।





Read More